१५ मंसिर २०८१ शनिबार
image/svg+xml

‘सरकारी संयन्त्रकै कारण निर्माणमा ढिलाई’

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहले सरकार र सरकारी संयन्त्रकै कारण ९० प्रतिशत निर्माणमा ढिलाई हुने गरेको दाबी गरेका छन्। निर्माण व्यवसायी संघ मकवानपुरको २१ औं साधारण सभाको शुक्रबार हेटौंडामा उद्घाटन गरे पछि बोल्दै उनले निर्माण व्यवसायीको ९० प्रतिशत दोष नहुँदा नहुँदै पनि बदनाम गराईएको भन्दै आक्रोश पोखे।

श्रम ऐन कार्यान्वयन गर्न धितोपत्र व्यवसायीलाई निर्देशन

केही धितोपत्र दलाल तथा मर्चेन्ट बैंकरहरुले आफ्ना कर्मचारीलाई सरकारले तोकेअनुसारको पारिश्रमिक तथा सेवा सुविधा उपलब्ध नगराएको पाइएको छ।

उपभोक्तामाथि अन्याय

आखिर नाममा के छ? नामबारे सोध्ने चलन छ । नाममै छ, जे छ । मुलुकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नामको सरकारको माथिल्लो निकाय छ। यसको नामै पर्याप्त छ– देशमा भौतिक पूर्वाधार र यातायात क्षेत्रको काम गर्ने हो ।

दसैंका लागि अग्रिम टिकट बुकिङ आजबाट

यातायात व्यवसायीले दसैंको लागि आज (मंगलबार) देखि सार्वजनिक यातायातका साधनको अग्रिम टिकट बुकिङ खुलाएका छन् ।

अमेरिकामा अनुभव साट्दै नेपाली मुलका व्यवसायी

अमेरिकालाई कर्मथलो बनाएर विभिन्न व्यापारमा संलग्न नेपाली व्यापारीहरुले सफलता र संभावनाहरुका बारेमा एकै थलोमा जम्मा भएर आफ्नो अनुभव आदन प्रदान गरे। नेपलिज् अमेरिकन चेम्वर अफ कमर्सद्धारा आयोजित चौथो चेम्बर डिनर नाम दिइएको कार्यक्रममा विभिन्न क्षेत्रका सफल व्यवसायीहरुले आआफ्नो सफलता र बजार चुनौतिहरुका बारेमा अनुभव आदनप्रदान गरे।

दसैंको मुखमा सरकारले बढायो गाडीभाडा

सरकारले यातायात व्यवसायीसँग सौदाबाजी गरेर दसैंको मुखमा सवारीसाधनमा १० प्रतिशत भाडा बढाएको छ।

डोल्पाको एकमात्र जडिबुटी प्रशोधन केन्द्र बन्द

डोल्पाकै एक मात्र जडिबुटी प्रशोधन केन्द्र बन्द हुँदा यहाँका जडिबुटी व्यवसायी मर्कामा परेका छन्। जिल्लामै जडिबुटी प्रशोधन गर्ने उदेश्यले त्रिपुरासुन्दरी नगरपालिका १ मा पर्ने खातीज्युलामा २०५५ सालमा स्थापना गरिएको त्रिपुरासुन्दरी जडिबुटी संकलन तथा प्रशोधन केन्द्र १८ वर्षदेखि बन्द हुँदा डोल्पाली जडिबुटी व्यवसायी मर्कामा परेका हुन्।

पानी हालेर गाडी चल्दैन : महासचिव सिटाैला

सरकारले दसैंका लागि अग्रिम टिकट बुकिङ खोल्न यातायात व्यवसायीहरुलाई निर्देशन दिएपनि व्यवसायीहरुले अटेर गर्दै आएका छन्।

अर्को लगानी सम्मेलनको तयारी

गत वर्षको सम्मेलनमा नेपालमा लगानी गर्ने इच्छा देखाएका व्यवसायीलाई लगानी गराउन नसकेको सरकारले अर्को लगानी सम्मेलनको तयारी गरेको छ।

स्वदेशी निर्माण व्यवसायीलाई प्रोत्साहन गर्न सरकार सकारात्मक : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी निर्माण व्यवसायीलाई प्रोत्साहन गर्न सरकार सकारात्मक रहेको बताएका छन्।

निर्माण व्यवसायीको एकाधिकार अस्वीकार्य : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि निर्माण र उत्पादन कार्य सँगसँगै अगाडि बढाउनुपर्ने भएकाले कुनै प्रकारको एकाधिकार (कार्टेलिङ) स्वीकार्य नहुने बताएका छन्।

पर्साका होटल र पर्यटन व्यवसायी संगठित

पर्साका होटल र पर्यटन व्यवसायी संगठित भएका छन् । वीरगन्जमा सम्पन्न होटल तथा पर्यटन व्यवसायीको भेलाले बुद्धिप्रसाद (हरि) पन्तको अध्यक्षतामा ‘होटल तथा पर्यटन व्यवसायी संघ, पर्सा’ गठन गरेको हो।

निर्माण व्यवसायी संघ काभ्रेमा घिसिङ

निर्माण व्यवसायी संघ काभ्रेको नवौं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनले उपेन्द्रकुमार घिसिङको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ।

वीरगन्ज होटल तथा पर्यटन व्यवसायी संघमा पन्त

वीरगन्जमा सम्पन्न होटल तथा पर्यटन व्यवसायीहरुको भेलाले बुद्धिप्रसाद (हरी) पन्तको अध्यक्षतामा ‘होटल तथा पर्यटन व्यवसायी संघ, पर्सा’ गठन गरेको छ। पर्यटन तथा होटेल ब्यवसायलाई ब्यवसायिक र सशक्त बनाउन तथा सामूहिक हितका लागि भूमिका गर्न संघलाई गति दिन खोजेको भेलाका सहभागि ब्यवसायिले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्