१० आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

वीरगन्ज होटल तथा पर्यटन व्यवसायी संघमा पन्त

वीरगन्ज- वीरगन्जमा सम्पन्न होटल तथा पर्यटन व्यवसायीहरुको भेलाले बुद्धिप्रसाद (हरी) पन्तको अध्यक्षतामा ‘होटल तथा पर्यटन व्यवसायी संघ, पर्सा’ गठन गरेको छ। पर्यटन तथा होटेल ब्यवसायलाई ब्यवसायिक र सशक्त बनाउन तथा सामूहिक हितका लागि भूमिका गर्न संघलाई गति दिन खोजेको भेलाका सहभागि ब्यवसायिले बताए।

तीन तारे होलेटदेखी साना लजहरु समेत गरी यहाँ ५ दर्जन आवासीय होटेलहरु पर्सामा छन्। ब्यपारिक सहरको रुपमा रहेको वीरगन्जमा होटेल ब्यवसाय क्षेत्रमा पछिल्लो समयमा भारी मात्रामा लगानी थपिने क्रम जारी छ। यस्तोमा एउटा शसक्त संघको आवश्यकता महसुस गरी आफुहरुले संघलाई अगाडि लैजान खोजेको अध्यक्ष पन्तले बताए। यसभन्दा अगाडी होटल तथा पर्यटन व्यवसायीहरुको संघ क्रियाशील हुन नसकेर ५ बर्षभन्दा बढी समय नवीकरण नभएको भन्दै जिल्ला प्रसाशन कार्यालयबाट खारेजीमा परेको थियो। पुनः संगठीत हुदै प्रथम भेला आयोजित गरेर होटल व्यवसायीहरुले नयाँ संघ दर्ता प्रंयोजनले १५ सदस्यीय तदर्थ समिति बनाएका हुन्।

समितिको बरिष्ठ उपाध्यक्ष रचेन्द्र सिंह थापा, उपाध्यक्ष कुमार श्रेष्ठ, सचिवमा माधव बस्नेत, सहसचिवमा प्रकाश पाठक, कोषाध्यक्षमा पुष्पलाल श्रेष्ठ र सदस्यहरुमा प्रकाश श्रेष्ठ, कुनाल श्रेष्ठ, कुबेर कार्की, सन्दीप बस्नेत, सुनिल थापा, सुरेश सर्राफ, कमल थापा र नरेन्द्र मोक्तान छन्। वीरगन्जका पुराना होटल व्यवसायीहरु पशुपति विक्रम शाह र दिपकमान श्रेष्ठ संरक्षक रहेको समितिमा सुरेन्द्र श्रेष्ठ, मोहन प्रधान, जगरनाथ प्रसाद कलवार सल्लाहकार बसेका छन्।

प्रकाशित: २३ भाद्र २०७५ ११:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App