एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल शनिबार (आज) एक साता लामो चीन भ्रमणमा गएका छन्। अन्डरस्ट्याटान्डिङ चाइना कन्फरेन्स–२०२४ को आठौँ श्रृंखलामा भाग लिन खनाल केहीबेर अघि त्यस तर्फ उडेका हुन्।
पार्टीका अनुसार उनीसँगै विदेश विभागका सचिव शंकर खतिवडा पनि उनीसँगै चीन भ्रमणमा छन्। पूर्वप्रधानमन्त्री समेत रहेका उनले चीनमा रहँदा महत्वपूर्ण भेटघाट पनि गर्ने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको दुई दिन अघि नेता खनाल चीन गएका हुन्।
प्रकाशित: १५ मंसिर २०८१ ११:१२ शनिबार