१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

ताप्लेजुङका उद्योगी व्यवसायीहरु भन्छन् : हठात् सरुवाले प्रजिअलाई अन्याय भयो

ताप्लेजुङका उद्योगी व्यवसायीहरुको नेतृत्व पंक्तिले कर्मचारीको न्यूनतम् बढुवा अवधिलाई समेत ख्याल नगरी प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइको सरुवा गरेर सरकारले अन्याय गरेको बताएको छ।

चार सयले बढ्यो सुन

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तय गरेको मूल्यसूचीअनुसार सुन तोलामा ४ सय रुपैयाँले बढेको छ। प्रतितोला ८८ हजार ३ सय रुपैयाँमा आइतबार कारोवार भएको छापावाला सुन आज भने ८८ हजार ७ सय रुपैयाँ मूल्य कायम भएको छ।

पाँच सयले घट्यो सुन

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला ८८ हजार ३ सय रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ। शुक्रबार छापावाला सुन तोलामा ८८ हजार ८ सय रुपैयाँमा कारोवार भएको थियो।

चैनपुरमा खानेपानीको हाहाकार

लामो समयदेखि धारामा खानेपानी नआउँदा होटल व्यवसायी बढी मर्कामा परेका छन्। धारामा खानेपानी नआउँदा सदरमुकामवासी बाउली खोला र सेती नदीको फोहर पानी पिउन बाध्य छन्। धारामा पानी नआउँदा सास्ती भएको होटल व्यवसायी हर्क बोहराले बताए।

आफ्नै प्रतिवद्धतामा चुक्दै निर्माण व्यवसायी

खोटाङ र उदयपुर जोड्ने फोक्सिङटारस्थित सुनकोसीमा ‘आर्क’ ब्रिज निर्माणको जिम्मा लिएका निर्माण व्यवसायी आफ्नै प्रतिवद्धता अनुसारको प्रगति देखाउन चुकेको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोसी पुल निर्माणको ठेक्का लिएका निर्माण व्यवसायी आफैले गरेको प्रतिवद्धता अनुसारको कामको प्रगति देखाउनबाट चुकेको हो ।

पोल्ट्रीमा लगानी बढाउँदै व्यवसायी

सिन्धुलीका पोल्ट्री व्यवसायीले रोजगारी ठूला फर्म सञ्चालन गर्दै रोजगारी सिर्जना गर्न थालेका छन्। यहाँको एक पोल्ट्री फर्मले १३ जनालाई रोजगारी दिएको छ। कमलामाई नगरपालिका–५ मा रहेको धमिजा बहुउद्देश्य कृषि फर्मले ठूलो संख्यामा ब्रोइलर कुखुरा पालेको छ।

‘अझै दुई वर्ष साँवाब्याज तिर्न सक्दैनौं’

कोरोनाको मारमा परेको भन्दै पर्यटन व्यवसायीले त्यो बेला सबैभन्दा बढी जोडतोडका साथ उठाएको विषय थियो– पुनर्कर्जा, ऋणको साँवा–ब्याज तिर्ने समय थप, कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण। आफ्ना यी मागसम्बोधन हुने गरी मौद्रिक नीति आउँदा व्यवसायी हौसिएका पनि थिए। तर मौद्रिक नीतिले थपिदिएको समयमा पनि ऋणको साँवाब्याज तिर्न सक्ने अवस्था नभएको भन्दै समय थपि दिन व्यवसायीले पुनः आग्रह गरेका छन्।

पेट्रोलियम व्यवसायको चेतवानी: कमिसन नबढाए मूल्य बढाएर बेच्ने

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्री गरेबापतको कमिसन चार वर्षदेखि नबढाउँदा व्यवसाय सञ्चालन गर्न कठिन भएको भन्दै पेट्रोलियम व्यवसायीले आफैं मूल्य बढाएर इन्धन बिक्री गर्ने घोषणा गरेका छन्।

कोरोनाको नयाँ भाइरसले पर्यटन व्यवसायी त्रसित

नेपालले विदेशी पर्यटक भित्र्याउने मुख्य स्रोतमध्ये बेलायतले बलियो हिस्सा ओगट्छ। सन् २०१९ मा नेपालमा ६१ हजारभन्दा बढी बेलायती पाहुना भित्रिएका थिए। कोरोना कहरबीच पनि नेपालमा सन् २०२० मा भित्रिएका दुई लाख ३० हजार विदेशीमध्ये बेलायती पाहुनाको संख्यामात्र ११ हजार सात सय ६२ (५.१ प्रतिशत) थियो।

कोरोना प्रभावित व्यवसायीलाई ८२ अर्ब पुनर्कर्जा

नेपाल राष्ट्र बैंकले पहिलो चरणमा कोरोना महामारीबाट समस्यामा परेका उद्योगी, व्यवसायीलाई ८२ अर्ब रूपैयाँ पुनर्कर्जा वितरण गरेको छ।

घान्द्रुकका व्यवसायीको निर्णयः होटल खुलेसँगै आइसोलेसन तयार

घान्द्रुक व्यवसायमा त फर्किदैछ, त्यससँगै गाउँ भित्रिएका कोही पाहुना केहीगरि बिरामी परिहाले के गर्ने भनेर पनि घान्द्रुकले विशेष तयारी पनि गरेको छ । त्यो हो–घर भाडामा लिएर आइसोलेसन बनाउने ।

दाहाल-नेपाललाई कानुन व्यवसायीको सुझाव : राजनीतिक निर्णय लिनुस्

कानुन व्यवासायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमविरुद्ध राजनीतिक निर्णय लिन नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाललाई सुझाव दिएका छन्।

संकटका बेला पनि आँटिला व्यवसायी

पोखराको लेकसाइड र आसपासका क्षेत्रमा करिब ३० वटा होटल निर्माणाधीन अवस्थामा छन्। अहिले बनिरहेका होटल ३० कोठा हाराहारीका मध्यम आकारका हुन्।

आन्तरिक पाहुनालाई पोखरेली व्यवसायीको निम्तो

पोखरेली पर्यटन व्यवसायीले आन्तरिक पाहुनाको भरमा मात्र व्यवसाय कसरी चलायमान बनाउन सकिन्छ भन्ने अनुभव पटकपटक बटुलेका छन् ।

घान्द्रुकका व्यवसायी भन्छन्: ‘भगवान भरोसा होटल खोल्न सक्दैनौं’

गाउँसम्म न त एम्बुलेन्स आउँछ, न बोकेरै लैजान सकिन्छ, गाउँमै राखेर उपचार गर्न सम्भव छैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्