९ आश्विन २०८१ बुधबार
image/svg+xml

कारबाहीको सट्टा म्याद थपको तयारी

गण्डकी प्रदेश सरकारले जारी गरेको क्रसर उद्योगको मापदण्डलाई व्यवसायीले नटेरेपछि उनीहरुलाई मापदण्ड लागू गर्न फेरि तीन महिने म्याद दिने तयारी गरिएको छ । हाल सञ्चालनमा रहेका उद्योगहरुलाई मापदण्डमा ल्याउन सरकारले असोज मसान्तसम्मको समय दिएको थियो ।

स्वरोजगार कोषको कर्जा नतिर्नेलाई कारबाहीको तयारी

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले भाका नाघेका ऋणीलाई कानूनी कारवाही थाल्ने चेतावनी दिएको छ।

माविसम्म एकै खालको प्राविधिक तथा व्यवसायिक शिक्षा दिन सुझाव

सरकारले प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिमसम्बन्धी भावी नीति र संस्थागत संरचनाको सुझाव दिन गठन गरेको उच्चस्तरीय कार्यदलले प्राविधिक शिक्षा माध्यामिक तहसम्म एउटै प्रकारको हुनुपर्ने सुझाएको छ।

साना तथा मझौला व्यवसाय विकासमा नेपाल कोरिया समझदारी

नेपाल र कोरियाबीच साना तथा मझौला व्यवसायको विकासमा सहकार्य गर्ने उद्देश्यले आज काठमाडौंमा एक समझदारीपत्रमा हस्ताक्षर भएको छ।

‘उद्यम–व्यवसायमा स्वर्णकाल आएको छ’

दुगड ग्रुपले नेपालमा एक सय ४० वर्षदेखि व्यापार व्यवसाय गर्दै आएको छ । अहिले चार पुस्तासम्म आउँदा पनि त्यही व्यापार व्यवसायलाई नै निरन्तरता दिएको छ । बुबाहरु चार दाजु भाइ हुनुहुन्छ । उहाँहरु सगोलमा हुँदा विभिन्न थरिको व्यापार गर्नुहुन्थ्यो । पछि आफू आफूले छुट्टा–छुट्टै व्यापार गर्न थाल्नु भयो ।

मिश्रित समाजमा दशहरा

‘दसैंको मूलमन्त्र हो असत्यमाथि सत्यको विजय । त्यो मूल मन्त्र हराएको छ ।’ समाजसेवीको रुपमा नगरमा प्रतिष्ठा अर्जेका वीरगञ्जका सुपरिचित व्यवसायी बिहारी लाठका छोरा गणेशप्रसाद लाठमा समाजसँग जोडिने प्रवृत्ति बुबाबाट सरेको छ ।

व्यवसायीको १४ करोड डुबाउँदै आयल निगम

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३, मकवानपुरका आशिष पौडेलले २०७४ असारमा ६० लाख रुपैयाँ लगानी गरेर नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्यांकर किने । निगमले क्यालिब्रेसन र इपी कोट जाँचेर ठिक छ भनेको उक्त ट्यांकरले इन्धन ढुवानी गर्ने अवसर नपाउँदा १५ महिनादेखि पौडेलेको घरअगाडि खडा छ।

घरजग्गामा तीन खर्ब लगानी

घरजग्गा व्यवसायीले जग्गा कित्ताकाट खोल्न माग गरेका छन् । घरजग्गा कारोबारमा करिब ३ सय अर्ब रुपैयाँ लगानी भएकाले कित्ताकाट नखोल्दा व्यवसायी समस्यामा परेको गुनासो गरे।

चिनी ६५ मा दिन व्यवसायी तयार

चिनी उत्पादकहरुले नजिकिँदै गरेको चाडपर्वलाई भनेर आफ्नो ‘उत्पादन लागत’मै चिनी उपलब्ध गराउने भएका छन्।

‘सरकारी संयन्त्रकै कारण निर्माणमा ढिलाई’

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहले सरकार र सरकारी संयन्त्रकै कारण ९० प्रतिशत निर्माणमा ढिलाई हुने गरेको दाबी गरेका छन्। निर्माण व्यवसायी संघ मकवानपुरको २१ औं साधारण सभाको शुक्रबार हेटौंडामा उद्घाटन गरे पछि बोल्दै उनले निर्माण व्यवसायीको ९० प्रतिशत दोष नहुँदा नहुँदै पनि बदनाम गराईएको भन्दै आक्रोश पोखे।

श्रम ऐन कार्यान्वयन गर्न धितोपत्र व्यवसायीलाई निर्देशन

केही धितोपत्र दलाल तथा मर्चेन्ट बैंकरहरुले आफ्ना कर्मचारीलाई सरकारले तोकेअनुसारको पारिश्रमिक तथा सेवा सुविधा उपलब्ध नगराएको पाइएको छ।

उपभोक्तामाथि अन्याय

आखिर नाममा के छ? नामबारे सोध्ने चलन छ । नाममै छ, जे छ । मुलुकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नामको सरकारको माथिल्लो निकाय छ। यसको नामै पर्याप्त छ– देशमा भौतिक पूर्वाधार र यातायात क्षेत्रको काम गर्ने हो ।

दसैंका लागि अग्रिम टिकट बुकिङ आजबाट

यातायात व्यवसायीले दसैंको लागि आज (मंगलबार) देखि सार्वजनिक यातायातका साधनको अग्रिम टिकट बुकिङ खुलाएका छन् ।

अमेरिकामा अनुभव साट्दै नेपाली मुलका व्यवसायी

अमेरिकालाई कर्मथलो बनाएर विभिन्न व्यापारमा संलग्न नेपाली व्यापारीहरुले सफलता र संभावनाहरुका बारेमा एकै थलोमा जम्मा भएर आफ्नो अनुभव आदन प्रदान गरे। नेपलिज् अमेरिकन चेम्वर अफ कमर्सद्धारा आयोजित चौथो चेम्बर डिनर नाम दिइएको कार्यक्रममा विभिन्न क्षेत्रका सफल व्यवसायीहरुले आआफ्नो सफलता र बजार चुनौतिहरुका बारेमा अनुभव आदनप्रदान गरे।

दसैंको मुखमा सरकारले बढायो गाडीभाडा

सरकारले यातायात व्यवसायीसँग सौदाबाजी गरेर दसैंको मुखमा सवारीसाधनमा १० प्रतिशत भाडा बढाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्