शिक्षा राज्यमन्त्रीकै प्रदेशमा साक्षरता घोषणा शून्य !
शिक्षा राज्यमन्त्री बोधमाया कुमारी यादवकै प्रदेश तथा मधेस प्रदेसका कुनै पनि जिल्ला र पालिका साक्षर घोषणा हुन सकेका छैनन्।
शिक्षा राज्यमन्त्री बोधमाया कुमारी यादवकै प्रदेश तथा मधेस प्रदेसका कुनै पनि जिल्ला र पालिका साक्षर घोषणा हुन सकेका छैनन्।
हालसम्म ६१ जिल्ला साक्षर घोषणा भइसकेको छ भने मधेस प्रदेशका सबै जिल्ला (सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा), लुम्बिनी प्रदेशको कपिलवस्तु, कर्णाली प्रदेशको मुगु, जुम्ला, हुम्ला, कालीकोट, डोल्पा, सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र डोटी साक्षर जिल्ला घोषणा हुन बाँकी रहेको छ।
विद्यालय बाहिर रहेका किशोर किशोरीहरुका लागि शिक्षा र जीवन उपयोगी सिपमा अवसर (ईलोशा) परियोजना अन्तर्ग समाज जागरण केन्द्र (स्याक) नेपालको आयोजना तथा युनिसेफको सहयोगमा तालिम सुरु गरिएको छ।
जुन मुलुकको शिक्षा प्रणाली बिग्रन्छ, त्यसको भविष्य अन्धकारमय हुन्छ। हाम्रो मुलुकका समग्र क्षेत्रमा समस्या देखिन्छन्।
‘हामीले नेपालमा उच्च शिक्षालाई यो भन्दामाथि पुर्याउन के गर्नुपर्छ भन्ने विषयमा केन्द्रित रहेन छलफल गरेका छौँ। विदेशमा विद्यार्थी जाने लहर चलेको छ। सरकार शिक्षा मन्त्रालय गम्भीर छ। रोजगार र पठनपाठनका लागि हामीले अहिले रोक्न नसकौँला आजको परिस्थितिमा। हामीसँग भएको शिक्षा हामीले नै विश्वास गर्न नसक्नु हाम्रो कतै न कतै त्रुटी हो।'
प्रायःजसो संसारका मुलुकहरूमा राजनीतिक नेतृत्वका लागि औपचारिक योग्यता किटानी गरेको देखिँदैन तथापि राजनीतिक उमेदवार हुन पनि औपचारिक योग्यता पनि चाहिन्छ भन्नुपर्छ भन्ने आवाज उठिरहेको छ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयका कर्मचारीलाई आन्दोलन स्थगित गरी वार्तामा आउन आग्रह गरेको छ।
काठमाडौंको रानीपोखरीस्थित दरबार हाइस्कुल संस्कृत माध्यमिक विद्यालयका कक्षा १० का लोमस सिग्देल आफूले संस्कृत विषय रोजेकामा निकै सन्तुष्ट छन्।
परीक्षा केन्द्र सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक/प्रिन्सिपल वा वरिष्ठ शिक्षक केन्द्राध्यक्ष तोक्न सकिने प्रावधान रहेको छ। पहिलो दिन ११ गते १ हजार १ सय २४ जनाले र दोस्रो दिन १२ गते ५ सय ६७ जनाले ग्रेडवृद्धिको परीक्षा लेख्ने विकास तथा समन्वय इकाईले जनाएको छ।
शिक्षामन्त्री देवेन्द्र पौडेलले आइतबार काठमाडौंकै नमुना विद्यालयका रूपमा स्थापित ज्ञानोदय माविको नयाँ भवनको उद्घाटन गरेका छन्।
‘अहिले एउटा दलको सरकार होला, अस्ति अर्काे दलको सरकार थियो। तर, यी कुनै सरकारले गरिबको उपचार सहज बनाउन चासो दिएनन्,’ डा.केसीले भने, ‘त्यसैले अबको सत्याग्रहले सत्तापक्षलाई मात्र होइन, प्रतिपक्षीलाई समेत बलियो दबाव सिर्जना गर्नेछ।’
जिल्ला प्रहरी कार्यालय कालिकोटले ट्राफिक नियमको पालना तथा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना अभियान थालेको छ।
'दैनिक उपभोग गर्ने सामग्री खरिद गर्न मुस्किल भएको छ, पेट्रोलको मूल्य बढेको छ। पहिला प्रतिलिटर एक युरो ३० सेन्टमा पाइने पेट्रोल अहिले दुई युरो १० सेन्ट पुगेको छ। एक महिना पहिला त झण्डै प्रतिलिटर तीन युरोसम्म पुग्यो। यहाँका लागि यो अत्यधिक हो।'
भरतपुर महानगर प्रमुख रेनु दाहाल राजधानी काठमाडौँपछि उपचारमा भरतपुर अग्रणी रहेको बताउछिन्। पछिल्लो समय ठूलो प्रयासपछि भविष्यमा शिक्षण अस्पताल हुने गरी शिक्षक अस्पताल भरतपुरमा बन्ने निश्चित भएको छ।
उनले नेपालमा साँच्चिकै शैक्षिक सुधार गर्न आवश्यक रहेको भन्दै सरकार यसप्रति प्रतिवद्ध रहेको बताए। उनले शिक्षक र शैक्षिक संस्थालाई गाली गरेर देशको शिक्षा सुधार नहुने भन्दै शैक्षिक सुधारका लागि आवश्यक नीति निर्माण गर्नुपर्ने बताए। मन्त्री पौडेलले नेपालको शिक्षा प्रणाली राम्रो छैन भनेर प्रचार नगर्न पनि आग्रह गरे।