१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

ज्ञानोदय माविको नयाँ भवन उद्घाटन

ज्ञानोदयको नयाँ भवन उद्घाटन गर्दै शिक्षामन्त्री देवेन्द्र पौडेल। तस्बिर: नीलः साय्मि/नागरिक

शिक्षामन्त्री देवेन्द्र पौडेलले आइतबार काठमाडौंकै नमुना विद्यालयका रूपमा स्थापित ज्ञानोदय माविको नयाँ भवनको उद्घाटन गरेका छन्। उद्घाटन कार्यक्रममा पौडेलले असल विद्यार्थीको मापन गर्ने आधार अंक भए पनि अनुशासन, इच्छाशक्ति, संकल्प, इमानदारी र सक्रियता आवश्यक रहेको बताउनुभयो।

कार्यक्रमका विशेष अतिथि काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले काठमाडौं महानगरभित्रका ९० सामुदायिक विद्यालयमध्ये सफल विद्यालयका रूपमा उभिन सकेकोमा ज्ञानोदय माविलाई बधाई दिँदै विद्यार्थीलाई अंकका आधारमा भन्दा आफ्नो इच्छाका आधारमा विषय रोज्न आग्रह गरिन्। साथै उनले आजको समयमा युवापुस्ता राजनीतिमा लाग्नुपर्छ भन्ने सोचअनुरूप आफू राजनीतिमा आएको बताइन्।

उद्घाटन कार्यक्रममा विद्यालयमा २५ वर्षभन्दा बढी सेवा गरेका शिक्षक, शिक्षिका, कर्मचारीका साथै एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान गरिएको थियो। २०७८ सालको एसईईमा यस विद्यालयबाट ३८५ जना विद्यार्थी उत्तीर्ण भएका थिए।

प्रकाशित: ६ भाद्र २०७९ ०२:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App