५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

‘अब ऊर्जा कुटनीति’

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सरकारले पछिल्लो समय छिमेकी मुलकलाई ऊर्जा कूटनीतिको आँखाले हेर्न थालिएको बताएकी छन्।

लक्ष्मीपूजाको दिन१२७० मेगावाट बिजुली माग

नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाका दिन पिक डिमान्ड १५०० मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरी सोही अनुसार विद्युत् आपूर्तिको व्यवस्थापन गरेको थियो।

तिहारमा बत्तीको अभाव हुँदैन: कुलमान घिसिङ

प्रवन्ध निर्देशक घिसिङले तिहारमा बत्तीको अभाव नहुने बताएका छन्। उनले यस वर्षको तिहारमा करिव १५ सय मेगावाट प्रयोग हुनसक्ने प्रक्षेपण गरेको बताए।

डिमान्ड शुल्क बढाउन प्रस्ताव

नेपाल विद्युत् प्राधिकरणले औद्योगिक ग्राहकको डिमान्ड शुल्क प्रतिकेभिए प्रतिमहिना सय रूपैयाँ वृद्धि गर्ने प्रस्ताव गरेको छ।

प्रविधि क्षेत्रको विकासमा प्राधिकरणले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ: कुलमान घिसिङ

उनले करिव ९५ प्रतिशत नेपालीहको घरमा विद्युतीकरण भईसकेको उल्लेख गर्दै त्यसले पनि सूचना प्रविधिको विकासमा उल्लेखनीय योगदान पुर्‍याउन सघाउ पुर्‍याएको स्मरण गराए।

कुलमानको नियुक्तिलाई निरन्तरता

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले मंगलबार अन्तरिम आदेश दिन अस्वीकार गरेपछि घिसिङको नियुत्तिले निरन्तरता पाएको छ। सर्वोच्च अदालतको यो अन्तिम निर्णय भने होइन ।

सर्वोच्चद्वारा कुलमानविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

रिट निवेदक हितेन्द्रदेव शाक्यले कुलमानलाई काम गर्न नदिन अन्तरिम आदेशको माग गरे पनि अदालतले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको हो। यद्यपि सरकारसँग कारण देखाऊ आदेश भने माग गरेको छ।

कुलमान नियुक्तिविरुद्धको रिट प्रधान न्यायाधीशको इजलासमा

घिसिङको नियुक्ति खारेजीको माग गर्दै निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य साउन ३२ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

प्रसारण लाइनको अभावमा विद्युत् खेर गइरहेको छ: कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइनको अभावमा विद्युत् खेर गइरहेको बताएका छन्।

कुलमानविरुद्धको मुद्दामा सुनुवाई हुन सकेन

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाई हुन सकेन।

गत वर्ष ६ सय किमि प्रसारण लाइन तयार

प्राधिकरणका अनुसार १३२ केभी, २२० केभी र ४०० केभी क्षमताका क्रमशः १०३१ सर्किट किलोमिटर, ११६५ सर्किट किलोमिटर तथा ७५६ सर्किट किलोमिटर गरी कुल २९४२ सर्किट किलोमिटर प्रसारण लाइन तथा ९,२०० एमभिए क्षमता बराबरका ग्रिड सबस्टेसन निर्माण भइरहेको छ ।

अदालतले माग्यो कुलमान नियुक्ति फाइल

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले जल तथा ऊर्जा आयोगको ऊर्जा विशेषज्ञ सदस्य पदको नियुक्तिसम्बन्धी सक्कल फाइल र घिसिङको नियुक्ति निर्णयको सक्कल फाइल तीन दिनभित्र झिकाउन मंगलबार आदेश गरेको हो।

घिसिङको नियुक्तिसम्बन्धी तीन दिनभित्र कागजात झिकाउन आदेश

सर्वोच्च अदालतले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई गरिएको नियुक्तिसम्बन्धी तीन दिनभित्र आवश्यक कागजात झिकाउन आदेश जारी गरेको छ।

कुलमानविरुद्धको रिट प्रधानन्यायाधीश जबरा आफैंले हेर्ने

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा आफैंले हेर्ने भएका छन्।

माथिल्लो तामाकोसीको सबै युनिट राष्ट्रिय प्रसारणमा

अपर तामाकोसी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानराज श्रेष्ठले माथिल्लो उक्त आयोजनाको ६ वटै युनिटबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारणमा जडान भइसकेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्