७ वैशाख २०८१ शुक्रबार
अर्थ

लक्ष्मीपूजाको दिन१२७० मेगावाट बिजुली माग

यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत्को उच्च माग(पिक डिमान्ड) १२७० मेगावाट पुगेको छ।  

नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाका दिन पिक डिमान्ड १५०० मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरी सोही अनुसार विद्युत् आपूर्तिको व्यवस्थापन गरेको थियो।

प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन साँझ सभा ६ बजे पिक डिमान्ड १२७० मेगावाट रेकर्ड गरेको छ। गत वर्ष लक्ष्मीपूजाको दिन पिक डिमान्ड ११२३ मेगावाट थियो। गत वर्षको तुलनामा यस वर्षको लक्ष्मीपूजाको पिक डिमान्ड १४७ मेगावाट बढी हो।

विगत वर्षहरूमा लक्ष्मीपूजाको माग धान्न विद्युत आयात हुँदै आएकोमा अब आन्तरिक उत्पादनले नै पुग्न थालेको प्राधिकरणले जनाएको छ। यस वर्षको लक्ष्मीपूजाको पिक समयमै ४८ मेगावाट विद्युत भारत निर्यात गरिएको छ भने आयात शून्यमा झरेको छ।

यस वर्ष संघीय राजधानी काठमाडौं उपत्यकासहित यस आसपासका क्षेत्रको पिक डिमान्ड ३२०.६४ मेगावाट रेकर्ड गरिएको छ। गत वर्ष यस क्षेत्रको पिक डिमान्ड २९६ मेगावाट थियो। चालु आर्थिक वर्षको अहिलेसम्मको पिक डिमान्ड १६१४.८ मेगावाट रेकर्ड गरिएको छ।

यो डिमान्ड गत असोज १० गतेको हो। सोही दिनको निर्यातसहित प्रणालीको अधिकतम विद्युत् माग १७५८.८ रेकर्ड गरिएको छ। यो नै अहिलेसम्मको सबैभन्दा बढी पिक डिमान्ड हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइ

मन्त्री पम्फा भुसाल, प्राधिकरणका सञ्चालकहरू विश्वप्रकाश गौतम, कपिल आचार्य, कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशहरूसहितको टोलीले स्यूचाटारस्थित भार प्रेषण केन्द्र पुगी लक्ष्मीपूजाको दिन विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिएको थियो।

यस वर्ष लक्ष्मीपूजाका दिन मुलकभर बिनाअवरोध विद्युत् आपूर्ति गर्नसफल भएको प्राधिकरणले दाबी गरेको छ। प्राधिकरणले पर्याप्त विद्युत रहेकाले ढुक्कसँग बत्ती बाल्न उपभोक्तहरूलाई आग्रह गरेको थियो।

प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत् अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र, विद्युत् गृहका प्रमुखहरू र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको जनाएको छ।

प्रकाशित: २२ कार्तिक २०७८ ०२:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App