coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कुलमानविरुद्धको मुद्दामा सुनुवाई हुन सकेन

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाई हुन सकेन।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा तोकिएको उक्त मुद्दामा सुनुवाई हुन नसकेको हो।  

निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दिएको रिट प्रधानन्यायाधीश जबराको एकल इजलासमा तोकिएको थियो। तर उक्त रिट हेर्न नभ्याइएको सर्वोच्च अदालतले जनाएको छ।

साउन २५ गते सरकारले तत्कालीन कार्यकारी निर्देशक शाक्यलाई जल तथा ऊर्जा आयोगमा विज्ञ सदस्यका रुपमा लगी विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गरेको थियो।

सरकारको उक्त नियुक्तिविरुद्ध शाक्यले सर्वोच्चमा दिएको रिटमा भदौ ८ गते प्रधानन्यायाधीश जबराको इजलासले कुलमानको नियुक्तिको सक्कल निर्णय झिकाउन आदेश दिएका थिए।

प्रकाशित: २० भाद्र २०७८ ०९:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App