ग्यास सिलिण्डर पड्किँदा आगलागी
भक्तपुर नगरपालिका–४ महालक्ष्मी स्थान भोलाछेंमा मंगलबार आगलागी भएको छ। सूर्यमान नकर्मीको दुईतले पुरानो घरमा आगलागी भएको हो। ग्यास सिलिन्डर पडकेर आगलागी भएको जनाइएको छ ।
भक्तपुर नगरपालिका–४ महालक्ष्मी स्थान भोलाछेंमा मंगलबार आगलागी भएको छ। सूर्यमान नकर्मीको दुईतले पुरानो घरमा आगलागी भएको हो। ग्यास सिलिन्डर पडकेर आगलागी भएको जनाइएको छ ।
नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले मुलुकले राजनीतिक उपलब्धि हासिल गरिसकेकाले अब आर्थिक समृद्धिको लक्ष्य हासिल गर्नेतर्फ लाग्नुपर्ने बताएका छन् । तुलसीपुर उद्योग वाणिज्य सङ्घले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेता भट्टराईले निर्माणमुखी राजनीति र समृद्ध नेपाल निर्माणको लक्ष्य लिएर नयाँ शक्ति उदाएको उनले बताए ।
सरकारले परम्परा मिचेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता कृष्णहरि पुस्करलाई भारतका लागि इकोनोमिक काउन्सिलर नियुक्त गरेको छ। यसअघि अर्थ र वाणिज्य मन्त्रालयमा लामो अनुभव बोकेका सहसचिवमध्ये एक जनालाई काउन्सिलर नियुक्त गरिँदै आएकोमा पुस्करको नियुक्ति त्यो मान्यताविपरीत छ।
दोलखा– भष्ट्राचार विवादमा तानिएको नेपाल रेडक्रस सोसाइटी दोलखा शाखामा स्थानीय प्रशासनले छापा मारी कागजात नियन्त्रणमा लिनुका साथै कार्यालय सिल गरेको छ। भूकम्पयताका परियोजना र राहत तथा खोज उद्दारका कार्यक्रमहरुमा चरम अनियमितता भएको भन्दै स्थानीयले प्रशासनमा उजुर गरी ताला लगाएको एक महिनापछि जिल्ला प्रशासन कार्यालयको टोलीले बुधबार छापा मारी लेखासम्बन्धी कागजात नियन्त्रणमा लिँदै शाखा कार्यालय सिल गरेको हो।
निजी कम्पनीले मनपरी ढंगले नयाँ सिलिन्डर किनेर बेचिरहेको बेला सरकारी स्वामित्वको एसटिसी ग्यासले नयाँ सिलिन्डर किन्ने अनुमति पाएको छैन। नेपाल आयल निगमले भारतीय नाकाबन्दीको बेला यस कम्पनीलाई ग्यास आयात अनुमति दोब्बर बढाए पनि नयाँ सिलिन्डर किन्ने अनुमति दिएको छैन।
बार्यन म्युनिखका मुख्य प्रशिक्षक कार्लोस एन्सिलोटीले आफ्ना स्ट्राइकर रोर्बट लेभेन्डोस्कीलाई तत्काल अन्य क्लबलाई बेच्ने कुनै सोच नभएको बताएका छन्।
काठमाडौमा सिए पढ्दै गरेका ओखलढुङगाका रमेश भट्टराईले पहिलो पटक मुस्लिम धर्मावलम्बीसँग बिहीबार राजधानीमा भलाकुसारी गर्ने अवसर पाए। इदको अवसरमा काठमाडौस्थित जामे मस्जिदमा आयोजित कार्यक्रम नियाल्न पुगेका भट्टराईले उनीहरुको सँगको कुराकानीपछि मुस्लिम समुदाय मिजासिलो रहेको प्रतिक्रिया दिए।
औषधिमा बिरामीसँग चर्को मूल्य लिएर कालोबजारी गरेको आरोपमा अनुगमन टोलीले एक क्लिनिकमा सिलबन्दी गरेको छ। उपभोक्ता हित तथा आपूर्ति व्यवस्था विभागका अनुगमन अधिकृत नेतृत्वको टोलील बालाजु बाइपासस्थित ‘बालाजु स्वास्थ्य क्लिनिक’ मा बिहीबार सिल गरेको हो।
२०१३ असार १४ गते चैनपुर २ संखुवासभामा जन्मेका किरणकुमार श्रेष्ठले २०४३ मा नेपाल बैंक लिमिटेडको सहायक प्रबन्धकबाट बैंकिङ सेवा सुरु गरी विभिन्न शाखा, विभाग तथा कार्यालयमा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालेका छन्। विश्व बैंकको सहयोगमा सञ्चालित वित्तीय क्षेत्र सुधार कार्यक्रममा करार व्यवस्थापन अन्तर्गत व्यवस्थापन समूहको सदस्यको रुपमा नेपाल बैंक लिमिटेडभित्रबाट प्रमुख संयोजनकारी भूमिका निर्वाह गरेका श्रेष्ठले सोही बैंकमा महाप्रबन्धकको उच्च जिम्मेवारी सम्हालेको अनुभव छ । राष्ट्रिय वाणिज्य बैंकमा खुला प्रतिस्पर्धाबाट नियुक्त दोस्रो प्रमुख कार्यकारी अधिकृत श्रेष्ठसँग नेपाल राष्ट्र बैंकले ल्याउन लागेको नयाँ मौद्रिक नीति, बैंकको वित्तीय अवस्था, लगानी लगायत विषयमा नागरिकका विष्णु बेल्वासेले गरेको कुराकानीको सम्पादित अंशः
काठमाडौं—पत्रकार आचारसंहिता उल्लङ्घन गरी समाचार प्रकाशन/प्रसारण गर्ने सञ्चार माध्यमविरुद्ध प्रेस काउन्सिल नेपालमा पर्ने उजुरीको सङ्ख्या क्रमिक रुपमा बढ्दै गएको छ।
जीर्ण घरमा जेनतेन जीविका चलाउँदै थियो, ललितपुरकी कविना ताम्राकारको परिवार। गत वर्षको शक्तिशाली भूकम्पले त्यही घर पनि लडाएपछि उनको बासै खोसियो। त्यो क्षतिले थपेको दुःख मत्थर हुन नपाउँदै ताम्राकार परिवारमा अर्को विपत्ति खनियो।
काठमाडौं– ग्यास सिलिन्डर बिस्फोटमा परी उपभोक्ताको ज्यान गएपछि सरकारले ग्यास उद्योगले प्रयोगमा ल्याएका सिलिन्डरको अध्ययन गर्न बिहीबार छाननिव समिति गठन गरेको छ। सिलिन्डरले मापदण्ड पूरा गरे/नगरेको अध्ययन गर्दै सुरक्षा व्यवस्थामा अपनाउनु पर्ने सुझाब सहित प्रतिवेदन पेश गर्नको लागि समिति गठन गरेको छ।
भारतले टनकपुर बाँधबाट पानी ल्याउन तोकिएको 'सिल लेभल (पानी खसाल्ने उचाइ)' को विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) ६ महिनाभित्र नेपाललाई बुझाउने भएको छ। नेपालले निरन्तर ताकेता गरेपछि डिपिआर बुझाउन भारत सहमत भएको हो।
चिनियाँ राष्ट्रपति सि जिन पिङले उदीयमान चिनियाँ अर्थतन्त्रलाई थप गति दिन र छिमेकी दक्षिण एसियाली मुलुकहरूलाई चिनियाँ अर्थतन्त्रसँग प्रभावकारी रूपले जोड्न ‘एक पेटी एक सडक सञ्जाल’को नीति अवलम्बन गरेका छन् । जस अनुसार चिनियाँ बजारलाई दक्षिण एसियादेखि युरेसिया क्षेत्रसम्म सबल रूपले विकास गर्ने उनको लक्ष्य छ ।
पाँचथर सदरमुकाम फिदिमबाट नजिक पर्छन् लब्रेकुटी र सिलौटी क्षेत्र। गर्मी मौसममा शरीरमा शीतलता अनुभूति र मनमा आनन्द प्राप्तिका लागि उपयुक्त ठाउँ हुन् यी। यी २ क्षेत्र धार्मिक रूपले पनि महŒवका छन्। लेकाली फराकिला डाँडाकाँडा, आकर्षक भू–बनोट। लब्रेकुटी, सिलौटीसँगै पौवाभञ्याङ, लालीखर्कलगायत क्षेत्र पनि सँगै पर्छन्। दृश्यको अनेकता र पर्याप्त शीतलता पाइन्छ यहाँ।