६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

औषधिमा कालोबजारी गर्ने क्लिनिकमा सिलबन्दी

काठमाडौं–औषधिमा बिरामीसँग चर्को मूल्य लिएर कालोबजारी गरेको आरोपमा अनुगमन टोलीले एक क्लिनिकमा सिलबन्दी गरेको छ। उपभोक्ता हित तथा आपूर्ति व्यवस्था विभागका अनुगमन अधिकृत नेतृत्वको टोलील बालाजु बाइपासस्थित ‘बालाजु स्वास्थ्य क्लिनिक’ मा बिहीबार सिल गरेको हो।

१७ रुपैयाँ पर्ने औषधिलाई ३५ रुपैयाँमा बिक्री गर्ने गरेको भेटिएको छ। निर्धारित मूल्य भन्दा ८० प्रतिशत बढी मूल्य लिएकोले क्लिनिक सिल गरेर कारबाही अघि बढाएको आपूर्ति विभागका निर्देशक लक्ष्मण श्रेष्ठले बताए। ‘सिलवन्दी गरेर कारबाही सुरु गरेका छौं,’ उनले भने, ‘अनुसनधानमा आरोप पुष्टि भए कालाबजारी ऐन अन्र्तरगत कारबाही हुन्छ।’ उक्त क्लिनिक सम्बन्धित व्यक्तिले सञ्चालन नगरेकोसमेत भेटिएको थियो ।

 

प्रकाशित: २३ असार २०७३ १०:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App