१० मंसिर २०८१ सोमबार
image/svg+xml

प्रधानमन्त्री दाहालद्वारा पद त्याग

प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएका छन्। टेलिभिजनबाट देशबासीका नाममा सम्बोधन गर्दै उनले पद त्याग गरेका हुन्।

मापदण्ड विपरीत सडक विस्तार

सोलखुुम्बुमा ग्रामीण सडक विस्तारको क्रममा प्रभावकारी सर्भे नहुँदा यातायात सञ्चालनमा समस्या परेको छ । कच्ची सडकको ट्र्याक खोल्नुअघिको प्राविधिक सर्भे सहि नहुँदा ग्रेड नमिलेका सडकमा सवारी चलाउन समस्या भएको हो ।

ट्रम्पद्वारा पहिलो पटक मुस्लिमको प्रशंसा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम राष्ट्र साउदी अरेबियाको खुलेरै प्रशंसा गरेका छन्। साउदी अरेबिया र तथा मुस्लिम राष्ट्रप्रति सधैँ आक्रोश पोख्दै आएका उनले मुस्लिम राष्ट्रको तारिफ गरेको यो पहिलो पटक हो।

मैना सुनार हत्याकाण्ड- 'न्यायिक पद्धतिमा हस्तक्षेप नगर'

मैना सुनार हत्याकाण्डमा काभ्रे जिल्ला अदालतको फैसला पुनरावलोकन नरोक्न आग्रह गर्दै एमनेस्टी र आइसिजेले महान्यायाधिवक्ता रमण श्रेष्ठलाई पत्र लेखेका छन्।

भक्तपुर नगरपालिकाका ५२ पदमा पुरै नेमकिपा, मेयर बने सुनिल प्रजापती

निकटम प्रतिद्धन्दीलाई चार गुणा भन्दा वढी फराकिलो मत अन्तरका साथ भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति विजयी भएका छन्।

धादिङको गजुरी गाउँपालिकाको दुबै पदमा एमाले विजयी

धादिङको गजुरी गाउँपालिको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा एमालेका उम्मेदवार विजयी भएका छन्।

अहिले सम्म कुन जिल्लामा कसले जिते प्रमुख पद ? (सूची सहित)

स्थानीय तहको पछिल्लो परिणाम सार्वजनिक हुँदासम्म नेकपा एमालेको अग्रता कायम छ। एमालेले ८९ स्थानीय तहमा जित हाँसिल गरिसकेको छ। एमालेलाई संसदको पहिलो ठूलो दल नेपाली कांग्रेसले कडा चुनौति दिँदै ८३ तहमा आफ्नो बर्चस्व कायम राखेको छ।

रसुवामा छ दलित महिला सदस्य पद रिक्त

स्थानीय तहको निर्वाचनअन्तर्गत रसुवाको तीनवटा गाउँपालिकामा दलित महिलाको कोटामा मनोनयनपत्र दर्ता नहुँदा छवटा सदस्य पद रिक्त हुन पुगेको छ ।

राष्ट्रपति ट्रम्पद्वारा रुस र सिरिया बारे छलफल

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वविदेश मन्त्री हेन्री किसिङगरसँग बुधबार रुस र सिरियासँगको सम्वन्धका बारेमा छलफल गरेका छन् ।

आयोगका पदाधिकारीबीच विवाद

स्थानीय तहको दोस्रो चरणको चुनावअघि जेठ १५ मा बजेट ल्याउन निर्वाचन आचारसंहिता बाधक रहे/नरहेका विषयमा निर्वाचन आयोगका पदाधिकारीबीच विवाद देखिएको छ।

सूर्तीजन्य पदार्थका बट्टामा ९० प्रतिशत चित्र अनिवार्य

स्वास्थ्यमन्त्री गगन थापाले धुम्रपान नियन्त्रण गर्न एक वर्षभित्रै सूर्तिजन्य पदार्थको बट्टा तथा र्यापर्सको शतप्रतिशत भागमा चेतावानीमूलक चित्र र सन्देश छाप्ने व्यवस्था ‘प्लेन प्याकेजिङ’ र सन् २०३० सम्ममा धुम्रपानमुक्त  पुस्ता निर्माण गर्ने बताएका छन् ।

विष्फोटक पदार्थसहित विप्लब माओवादीका कार्यकर्ता पक्राउ

प्रहरीले विष्फोटक पदार्थसहित निर्वाचन बहिस्कारको अभियान चलाउँदै आएको नेत्रबिक्रम चन्द विप्लब नेतृतव्को नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ। चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मंगलबार बिहान सवा ११ बजे भरतपुर महानगरपालिका वडा नं. ४ को शिवघाटमा दुईजना व्यक्तिबाट विष्फोटोक पदार्थहरु बरामद भएको हो।

उपनामको उपद्रो

आफ्नो नाममा अर्को कुनै नयाँ उपनाम वा फुँदा जोड्नुको आशय अरुभन्दा फरक देखाउने चेष्टा हो। उपनाम अर्थात् आफ्नो वास्तविक नाममा अर्को नाम थपेर वा नामकै सट्टामा नयाँ प्रयोग गर्ने नाम। जीवनको कुनै न कुनै समयमा धेरै मानिसले राख्ने यस्ता नामले साहित्यकारहरू सबैभन्दा बढी छोइएका पाइन्छन्। कतिपय पत्रकार, कलाकारले पनि उपनाम जोडेर आफ्नो नामलाई अलग देखाउने चेष्टा गरेको देखिन्छ।

राष्ट्रपति पदका दुई उम्मेदवारबीच चर्काचकी

फ्रान्समा राष्ट्रपति पदको दोस्रो चरणको निर्वाचनको आउन चार दिन अगाडि बुधबार भएको अन्तिम टेलिभिजन बहसमा दुवै उम्मेदवार इम्मानुएल म्याक्रों र मारिन ल पेनले एक अर्का विरुद्ध गाली गलौज र आरोप प्रत्यारोप गरेका छन्।

नारफू गाउँपालिकामा सवै पद निर्विरोध

वैशाख ३१ गते हुने स्थानीयतह निर्वाचनका लागि आकाँक्षी धेरै भएर दलहरुलाई उम्मेदवार टुंगो लगाउन निकै हम्मे–हम्मे परिरहेको अवस्थामा माथिल्लो मनाङको नारफु गाउँपालिका सिंगै निर्विरोध भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्