६ आश्विन २०८१ आइतबार
image/svg+xml

साफ यु-१५ को तालिका सार्वजनिक, नेपाल पहिलो खेलमा बंगलादेशविरुद्ध उत्रिने

दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुने साफ महिला पन्ध्र वर्षमुनि (यु–१५) फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्ने भएको छ।

पितृसत्तात्मक सोच अन्त्य गर्दै महिलाले शव बोके

पितृसत्तात्मक सोचको अन्त्य गर्न तनहुँका महिलाले शव बोकेर दमौलीघाटमा पुर्‍याएका छन्।  व्यासनगरपालिका– ५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा बस्दै आएका ८१ वर्षीय मीनबहादुर बस्यालको शव आश्रमकै महिलाहरुले बोकेर आज विहान अन्त्येष्टिका लागि घाटसम्म पुर्‍याएका हुन्। बस्यालको गए राति मृत्यु भएको हो।

टुक्रा–टुक्रा पारिएको अवस्थामा शव फेला

सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–५ योगिनियाँ गाउँ स्थित कोशी पश्चिमी तटबन्धको छेउमा हात खुट्टा तथा शरिरका अन्य भागहरु टुक्रा टुक्रा पारिएको अवस्थामा एक महिलाको शव फेला परेको छ।

इराकमा भेटियाे ४ सय शव भएकाे अामचिहान

इराकको हविजा शहर नजिकै ४०० वटा शव भएको आमचिहान फेला परेको छ । गत महिनासम्म इस्लामिक स्टेटको नियन्त्रणमा रहेको हविजा शहरमा ४०० शव रहेको आमचिहान फेला परेको किर्कुक प्रान्तका गभर्नर राकन सईदले जानकारी दिएका हुन्। उनका अनुसार केही शव साधारण पोशाकमा देखिएका थिए भने केही आइएसले मृत्युदण्ड दिँदा लगाईदिने पोशाक लगाएको अवस्थामा थिए ।

काठमाडौं नेशनलको सम्बन्धन खारेज नगर्ने अन्तरिम आदेशविरुद्ध सरकारको 'भ्याकेट'

काठमाडौं नेशनल मेडिकल कलेजलाई दिइएको सम्बन्धन बदर गर्ने निर्णयमा जारी सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध सरकारले 'भ्याकेट' दर्ता गराएको छ। शिक्षा मन्त्रालयले महान्यायाधिवक्ता कार्यालयमार्फत् कार्तिक ८ मा जारी आदेश खारेजीको माग गर्दै मंगलबार भ्याकेट दर्ता गराएको हो।

अंशवण्डाको विवादले बुबाको हत्या

अंशवण्डाको विवादमा आफ्नै छोराले कुटपिट गर्दा बावुको मृत्यु भएको छ। जीतपुरसिमरा उप–महानगरपालिकाको वडा नम्बर २० स्थित रेडक्रस टोलमा घर भएका हिरालाल महतोको छोराको कुटाईबाट मृत्यू जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

बेपत्ता युवकको शव भेटियो

घरबाट बेपत्ता भएका एक युवककाे शव भुँजीखोलामा फेला परेको छ । असोज ७ गते घरबाट बेपत्ता भएको ढोरपाटन नगरपालिका—१ बुर्तिबाङका २१ वर्षीय सुनिल कुँवरको शव मंगलबार भेटिएको हो । मानसिक अवस्था कमजाेर भएका कुँवर असोज ७ मा साँझ घरबाट निस्किएका आफन्तले जानकारी दिए ।

गाैचनकाे शवमाथि प्रधानमन्त्री देउवाले राष्ट्रिय झण्डा ओढाए

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हिन्दू धर्म अनुसार पशुपति अार्यघाटमा अन्त्येष्ट्री गरिदैंछ । त्यसअघि अनामनगरस्थित नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रिय कार्यलयमा पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाले शरदकुमार गौचनको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए ।

भ्रष्टाचारी जोगाउने आदेशविरुद्ध डा. केसीको चेतावनी

स्वास्थ्य क्षेत्रमा सुधारका लागि आमरण अनसन बस्दै आएका चिकित्सक गोविन्द केसीले पछिल्लो समयमा सर्वोच्च अदालतबाट भ्रष्टाचार आरोपितलाई बचाउनेगरी फैसला आउन थालेको भन्दै न्यायपालिकाविरुद्ध कडा आन्दोलनको चेतावनी दिएका छन् ।

महाकाली नदी किनारमा युवकको शव फेला

कञ्चनपुरको महाकाली नदीको किनारमा अन्दाजी १६ वर्षका हेमराज पन्त मृत अवस्थामा फेला परेका छन् । बुधबार सुरक्षाको लागि खटिएका नेपाल प्रहरीको टोलीले उनको शव महाकाली नगरपालिका ८ स्थित महाकाली नदी किनारमा फेला पारेको थियो।  उनी चार दिनअघि घरबाट कैलालीको अत्तरियातर्फ जान हिडेका थिए । ‘महाकाली नदीमाथिको झोलुङ्गे पुलभन्दा झण्डै ५ सय मिटर तल शव फेला परेको थियो,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेट्टीले भने ।

क्षतविच्छेत अवस्थामा वृद्धाको शव फेला

सम्पर्क विहीन बनेको तीन दिनपछि खोटाङमा एक वृद्धा मृत भेटिएकी छन् । बिना जानकारी पारिवारिक सम्पर्क विहीन बनेकी रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी ७१ वर्षीय भक्तीमायाँ राई बिहीबार साँझ मृत भेटिएकी हुन्।

न्यायाधीशविरुद्ध विवाद ब्युँताउन प्रयास

सर्वोच्च अदालतमा कार्यरत स्थायी न्यायाधीशविरुद्ध अनावश्यक विवाद सिर्जना गर्न खोजिएको छ । सर्वोच्चमा डेढ वर्षअघि नियुक्त भएर काम गरिरहेका ११ जना न्यायाधीशविरुद्ध संविधानविपरीत दर्ता गर्न खोजिएको रिट सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको छ ।

बेवारिसे अवस्थामा शिसुको शव फेला

प्रहरीले बिहीबार विहान यहाँ एक बेवारिसे नवजात शिसुको शव फेला पारेको छ । सदरमुकाम त्रियुगा नगरपालिका ४ को बगाहा फर्सेटस्थित खोला किनारको झाडीमा फालिएको अवस्थामा बेवारिसे नवजात शिसुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

१ लाखको कोष खोल्ने सहमतिपछि सुत्केरीको शव उठ्यो

डाक्टरको लापरबाहीका कारण मृत्यु भएको भन्दै लास जिम्मा नलिएपछि २ दिनदेखि अस्पतालमै रहेको सुत्केरी महिलाको शव १ लाख रुपैयाँको कोष खडा गर्ने सहमतिपछि पीडितपक्षले जिम्मा लिएका छन् । पीडितपक्ष र अस्पतालबीच २ दिनसम्म भएको ३ चरणको वार्तामा मृतकका बालबालिकाको शिक्षादिक्षा र पालनपोषणका लागि १ लाखको कोष तत्काल स्थापना गर्ने सहमतिपछि सोमबार विहानदेखि अस्पतालमै रहेको लास आफन्तले मंगलबार साँझ बुझेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्