भक्तपुरमा मेलाको तयारी पूरा
शुक्रबारदेखि सुरु हुने एकमहिने श्री स्वस्थानी व्रतकथाका लागि भक्तपुरमा सम्पूर्ण तयारी पूरा भएको छ। प्रत्येक वर्ष काठमाडौंको साँखुमा जस्तै भक्तपुरको हनुमानघाटमा पनि एक महिने श्री स्वस्थानी व्रतकथा हुन्छ।
शुक्रबारदेखि सुरु हुने एकमहिने श्री स्वस्थानी व्रतकथाका लागि भक्तपुरमा सम्पूर्ण तयारी पूरा भएको छ। प्रत्येक वर्ष काठमाडौंको साँखुमा जस्तै भक्तपुरको हनुमानघाटमा पनि एक महिने श्री स्वस्थानी व्रतकथा हुन्छ।
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा (एक महिना) सम्म विशेष गरी हिन्दू महिलाहरूद्वारा लिइने श्रीस्वस्थानी व्रत र माघस्नान शुक्रबारदेखि सुरु हुँदै छ। सत्य युगमा हिमालयपुत्री पार्वतीले ‘महादेव पति पाऊँ’ भनी सो व्रत बसेकी र उनको इच्छा पूर्ण भएको मान्यतामा आधारित रही श्रीस्वस्थानी व्रत र माघस्नानको प्रचलन रहेको हो।
मैथिल समुदायका ‘आमाको महान लोक पर्व’ जितीया आज सम्पन्न भएको छ। सो पर्व अन्तर्गत मैथिल महिलाले थुक पनि ननिलेर ३६ घण्टासम्म व्रत गरी पर्व सम्पन्न गरेका छन्। सप्तमी, अष्टमी र नवमी तिथिमा मनाइने यो पर्वमा सन्तानको आरोग्यको कामनासहित कठोर व्रत गरिने चलन छ।
मैथिल र थारू समुदायका महिलाको महान् लोकपर्व जितियाको अवसरमा व्रतार्थीले आज नहाय खाय र तेलखरी विधि गरिरहेका छन्।
दशैं तिहार लगायत चाडपर्व नजिकिँदै गर्दा जिल्लामा बजार अनुगमनलाई तीव्रता दिन थालिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले यहाँको बजार अनुगमनमा तीव्रता दिएको हो।
विशेषगरी हिन्दू नेपाली महिलाले पानीसम्म नपिई निराहार रुपमा तीजको व्रत बस्ने धार्मिक परम्परा छ । चिकित्सकीय दृष्टिकोणबाट हेर्दा जो व्यक्ति व्रत बस्यो उसैको आयु बढ्ने चिकित्सक बताउँछन् ।
हिन्दु, संसारको सबैभन्दा पुरानो धर्म हो। शाकाहारी भोजन र व्रत हिन्दु धर्मका अवयव हुन्। ऋषिमुनिहरू जंगलका कन्दमूल खाएर हजाराँै वर्ष बाँचेका कुरा धर्मग्रन्थमा उल्लेख छन्। तर आधुनिक औषधि विज्ञानले यो कुरा पत्याउँदैन। मांसाहारभन्दा शाकाहारले मानिसलाई दीर्घजीवी बनाएको खँदिला तथ्य सार्वजनिक भएका छन्। सादगी भोजन गर्ने मानिस अन्यभन्दा बढी स्वस्थ देखिएका छन्।
हरियो महिनाको रूपमा परिचित साउन महिना हिन्दु नारीहरुको लागि विशेष मानिन्छ। साउनभरी हरियो रंगको चुरापोते, पहिरन र मेहन्दी लगाएर उनीहरु प्रत्येक सोमबार व्रत बसेर भगवान् शिवको पूजा गर्न व्यस्त रहन्छन्।
साउनलाई भगवान् शिवको आराधना गर्ने र महिलाले व्रत बसी आफ्ना श्रीमान्को सुस्वास्थ्य र दीर्घायु कामना गर्ने अनि आफू पनि हरियो, पहेँलो पहिरन र शृंगारले सजिने महिनाका रूपमा चिनिन्छ। यसले प्राकृतिक रूपमा हरियाली भएको मौसम, सांस्कृतिक र धार्मिक दृष्टिले भगवान् शिवको महŒव दर्शाउँछ, तर यसको आध्यात्मिक पाटो पनि छ। मानिसको जीवन बहुआयामिक पक्षबाट चलेको हुन्छ, सांसारिक, भौतिक, सांस्कृतिक, धार्मिक, सामाजिक मान्यतासँगै आध्यात्मिक बोध पनि जोडिएर आएको हुन्छ। बोधबिना कुनै पनि प्रचलनको अर्थ रहँदैन। हाम्रो वास्तविक बोध, संस्कार र मर्यादा त ध्यान नै हो, जुन मनुष्यतालाई बचाइराख्न र पृथ्वीलाई जीवित राख्न आवश्यक छ। ओशोले आफ्ना हरेक प्रवचनमा र विशेषगरी शिवसूत्रमा भगवान् शिव र उनले दिएका ध्यान विधि र मानिसको जीवनमा यसको महŒवबारे बताउनुभएको छ।
भक्तपुरका एक हुल व्रतालु पुरुष एक महिनासम्म दैनिक गुडुल्किएका छन् । नांगो खुट्टामा लुगा फुकालेर धोती मात्र लगाई उनीहरू बिहानबिहान दैनिक गुडुल्किएर फरकफरक देवस्थलमा पुगेका हुन् । एक महिने श्री स्वस्थानी व्रतका क्रममा भक्तपुरको हनुमानघाटमा हुने माधव नारायण व्रतमा भाग लिएका उनीहरूले परम्परा अनुसार गुडुल्किएरै उनीहरूले सोमबार भक्तपुर नगर परिक्रमा गरेका छन् । यसो गर्दा इच्छाएको कुरा पूरा हुने विश्वाससमा उनीहरू यस्तो कार्यमा सहभागी भएका हुन् ।
विद्यालयको आर्थिक स्रोत बढाउन, हिन्दु परम्परा र संस्कृत भाषा संरक्षण गर्ने उद्देश्यले नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित सहिद जगतप्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालयले २०५६ सालदेखि सामूहिक व्रतबन्ध आयोजना गर्दै आएको छ ।
मोरङ सुन्दरहरैंचाकी संगीता बुढाथोकी (३५) स्वस्थानी व्रत बस्न पोर्चुगलबाट नेपाल आएकी छन्। यो व्रत बस्दा घरपरिवारमा शान्ति मिल्ने र मनोकांक्षा पूरा हुने विश्वास उनलाई छ।
प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने श्रीस्वस्थानी व्रत आजदेखि (सोमबार) सुरु भएकाे छ।
कात्तिक महिना मन्द जाडोसँगै नेपाली जनमानसमा छुट्टै उत्साह, आनन्द र धार्मिक निष्ठाको वातावरण सिर्जना हुन्छ । यो तिहारको साथै महान् पर्व छठ व्रतको महिना हो । पवित्रता, निष्ठा र आस्थाको पर्व छठ तराईको ठूलो पर्व हो । अहिले यो पर्वले राष्ट्रिय स्वरूप ग्रहण गर्दै आएको छ । राजधानीसहित देशका अधिकांश भागमा ४ दिनसम्म छठ पर्वको रंगमा रमेको हुन्छ । घरबाहिरको सरसफाइदेखि सात्विक भोजनसम्म यो पर्वको विशेषता हो । उँच–नीच, धनी–गरिब, जातपात, छुवाछूतको केही स्थान रहँदैन यस पर्वमा।
विद्युतीय माध्यमबाट हुने कारोवारलाई सुरक्षित, भरपर्दो र विश्वासनीय बनाउने उद्देश्यले सरकारले ‘विद्युतीय हस्ताक्षर’ लाई तीव्रता दिन थालेकोे छ ।