८ पुस २०८१ सोमबार
image/svg+xml

अपहरणमा परेका भनिएका व्यापारी साह पारिवारको सम्पर्कमा

अपहरण गरी वेपत्ता पारिएको भनिएका रौतहटका एकजना व्यापारी पारिवारिक सम्पर्कमा आएका छन्। गत वैशाख १७ देखि हराइरहेका रौतहटको कटहरिया बजारका व्यापारी श्री भगवान साह भारतको राजधानी नयाँ दिल्लीमा रहेको पारिवारिक स्रोतले जनाएको छ।

बिहे मण्डपबाट अपहरित बालकको उद्धार

बिहे मण्डपबाट अपहरित राजगढ गाउँपालिका–३ नर्घोका एक बालकको प्रहरीले उद्धार गरेको छ। जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी उद्धार गरिएका बालक १२ वर्षीय लक्ष्मण यादवलाई उनको परिवारको जिम्मा लगाएको छ। गत शुक्रबार राति मामाको बिहेमा जन्ती गएका लक्ष्मणलाई प्रहरीले भारतको बिहार सितामढी कुम्भ सिवहरबाट गएराति उद्धार गरी राजविराज ल्याएको जनाएको छ।

अपहरण–हत्या काण्डका दोषी ६ वर्षपछि पक्राउ

अपहरण तथा शरीर बन्दक मुद्दामा प्रतिवादी निजामुद्धिन विरुद्ध बाँके जिल्ला अदालतले दोषी ठहर गरी २०७२ माघ २ गते ९ वर्ष कैद र ९ लाख ५० हजार रूपैयाँ जरिवानाको फैसला गरेको थियो।

व्यापारी अपहरण प्रयासका दुई आरोपित पक्राउ

सप्तरीका एक व्यापारीको अपहरण गर्न खोज्ने दुई आरोपितलाई प्रहरीले पक्राउ गरी आज अपहरण तथा शरीर बन्धक मुद्दामा कारवाही थालेको छ।

सासंद मल्ल अपहरण घटना विवादित

बझाङ (ख) बाट सुदुरपश्चिम प्रदेश सासंद रहेकी देवकी मल्ल(थापा)को अपहरण घटना विवादित बनेको छ। सांसद मल्लले रिहाइपछि शनिबार पत्रकार सम्मेलन गरी आफूलाई विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले अपहरण गरेर मानसिक यातना दिएको बताएकी छिन्।तर विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रेस विज्ञप्ति निकाल्दै सासंद मल्लको अपहरणमा आफ्नो पार्टीको कुनै पनि संग्लनता नरहेको बताएको छ।

अपहरणको झुठा सूचना दिने पक्राउ

आफू अपहरणमा परेको भनी घरपरिवारका सदस्यलाई झुठा सूचना दिएको अभियोगमा प्रहरीले धनगढी उपमहानगरपालिका– ५ का जगतबहादुर सिंहलाई शुक्रबार पक्राउ गरेको छ।

उद्योगपति केडियाको अपहरणका मुख्य योजनाकार पक्राउ

नेपाली उद्योगपति सुरेश केडिया अपहरणको मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरी शनिबार सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी केडिया अपहरणका मुख्य योजनाकार भारत विहारको रक्सौल निवासी बब्लु पाशवान र गाडी चालक भारतको मोतिहारी निवासी विजयकुमार महतोलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

अपहृत प्रदेश सांसद मल्ल मुक्त

प्रदेश सांसद देवकी मल्ल (थापा) शुक्रवार अपहरणपछि मुक्त भएकी छिन्। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बझाङका सेक्रेटरी भरत मल्लको समूहले आफूलाई अपहरण गरेको सांसद मल्लले बताइन्। भरत सांसद देवकीका भाइ हुन्। बुगल नगरपालिकाबाट बिथ्डचिर गाउँपालिकामा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न जाँदै गर्दा आफूलाई केदारस्यु गाउँपालिका ५ बगडी (पाउटा) बाट नेकपाका कार्यकर्ताले शुक्रबार बिहान ९ बजे अपहरण गरी बेलुका ४ बजे छोडिदिएका सांसद देवकीले बताइन्।

अपहरणमुक्तपछि सांसद मल्लले भनिन्, ‘माग पूरा नगरिदिए ठीक हुँदैन भने’

नेकपा विप्लव समूहको अपहरणमा परेकी बझाङ प्रदेशसभा सांसद देवकी मल्ल अपहरणमुक्त भएकी छन्। बुंगोल नगरपालिकाबाट कार्यक्रम सकेर बित्थरचिर गाउँपालिकामा उनलाई प्रमुख अथिति बनाएर गाउँपालिकाले नारी दिवसको अवसर पारेर कार्यक्रम गर्न लागेको थियो।

दुबईका लागि उडेको बंगलादेशी विमान अपहरणको प्रयास

बङ्गलादेशबाट दुबईका लागि उडेको विमान बङ्गलादेश एअरलाइन्सका चालक दलका सदस्यले जहाज अपहरण गर्ने प्रयासलाई विफल पारिदिएका छन्। आइतबार एक जना सन्दिग्ध व्यक्तिले विमानको ककपिटमा जबरजस्ती छिर्न खोजेको तर चालक दलका सदस्यले उक्त प्रयासलाई विफल पारेको बताइएको छ।

प्रेमिकालाई गाडीसहित नदीमा फाल्ने युवालाई ३० वर्ष कैद

प्रेमिकालाई गाउँबाट अपहरण शैलीमा बेनीतर्फ ल्याउँदै गर्दा कालीगण्डकी नदीमा फाल्ने युवालाई जिल्ला अदालत म्याग्दीले ३० वर्ष कैद र १ लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ। अन्नपूर्ण गाउँपालिका–७, घराम्दीकी २० वर्षीया सविता नेपालीलाई बेनी नगरपालिका–९, काउलेगौंडाका ३२ वर्षीय रवि खड्काले गाडीसँगै कालीगण्डकीमा खसालेका थिए।

चिकित्सक साहकी छोरीका अपहरणकारी पक्राउ

प्रसूतिगृहकी चिकित्सक बबिता साहकी छोरी अपहरणमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ। महनगरीय प्रहरी परिस काठमाडौंले अपहरणका मुख्य आरोपी मनीष गुप्तालाई महोत्तरीबाट पक्राउ गरेको हो।

भारतबाट अपहरित बालकको रौतहट प्रहरीद्वारा उद्धार

चार दिन अघि भारतबाट अपहरणमा परेका एक बालकको रौतहट प्रहरीले सकुशल उद्धार गरेकाे छ। प्रहरीले एक अपहरणकारीलाई समेत पक्राउ गरेकाे छ।

अपहरणमा परेकी बालिकाकाे सकुशल उद्धार

काेटेश्वरबाट आज (शुक्रबार) विहान अपहरणमा परेकी बालिकाकाे सकुशल उद्धार गरिएकाे छ। धनुषा स्थायी घर भएकी कविता शाहकी २ वर्षीया छोरी काेटेश्वरबाट अपहरणमा परेपछि प्रहरीले उनकाे खाेजि तिव्र पारेकाे थियाे।

गोंगबुमा बालकको अपहरण पछि हत्या

दुई दिन अघिबाट हराएका एक बालकको शव फेला परेको छ। बालाजुको स्वस्तीक त्रिवेणी गेष्ट हाउसका सञ्चालक प्रवीण कुवरका सात बर्षीय छोरा प्रयास कुँवर मृत फेला परेका हुन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्