२० असार २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दुबईका लागि उडेको बंगलादेशी विमान अपहरणको प्रयास

फोटोः Bdnews24

ढाका- बङ्गलादेशबाट १४२ यात्रु बोकेर दुबईका लागि उडेको विमान बङ्गलादेश एअरलाइन्सका चालक दलका सदस्यले जहाज अपहरण गर्ने प्रयासलाई विफल पारिदिएका छन्। आइतबार एक जना सन्दिग्ध व्यक्तिले विमानको ककपिटमा जबरजस्ती छिर्न खोजेको तर चालक दलका सदस्यले उक्त प्रयासलाई विफल पारेको बताइएको छ। 

बङ्गलादेशी सेनाको इन्टर सर्भिस पब्लिक रिलेसन (आइएसपिआर) का अधिकारीका अनुसार बिजी १४७ नम्बरको दुबईका लागि भएको बोइङ ७३७ विमानलाई शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थल, छट्टोग्राममा आकस्मिक अवतरण गराइएको छ।

ढाकाबाट दुबईका लागि उडेको करिब दुईघण्टापछि राजधानीबाट करिब २४२ किलोमिटर दक्षिणपूर्वमा रहेको उक्त शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थलमा साँझ ५ः४० मा अवतरण गराइएको आइएसपिआर स्रोतले जनाएको छ। 

प्राप्त पछिल्लो जानकारी अनुसार विमानमा रहेका सबै यात्रुहरूलाई सुरक्षितरूपमा विमानबाट बाहिर निकालिसकिएको एक सुरक्षा अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा सिन्ह्वालाई बताए। उनले भने, “जहाज अपहरण गर्ने प्रयास भएको हामीलाई थाहा भएको छ।” तर यसबारे विस्तृत विवरण बाहिर आइसकेको छैन। विमान अपहरणबारे आधिकारिक प्रतिक्रिया भने हालसम्म प्राप्त भएको छैन। 

शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण गराइएपछि विमानस्थललाई सम्पूर्णरूपमा खाली गरी सुरक्षाकर्मीको घेरामा राखिएको छ। “अहिले सबैकुरा नियन्त्रणभित्र आइसकेको छ,” आइएसपिआरका अधिकारीले बताए। 

विमान अपहरण गर्न खोज्ने व्यक्तिलाई अहिले सुरक्षा नियन्त्रणमा लिइएको बताइएको छ। सिन्ह्वा

प्रकाशित: १२ फाल्गुन २०७५ १५:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App