३ असार २०८१ सोमबार
image/svg+xml

तेहेरो उपाधिको खोजीमा बायर्न

स्ट्राइकर लियोनल मेसीको उत्कृष्ट प्रदर्शन प्रेरित बार्सिलोनाले नेपोलीको चुनौती ३–१ ले समाप्त पार्र्दै अन्तिम ८ मा स्थान बनायो। पहिलो लेगमा १–० को जित हात पारेको बार्सिलोना समग्रमा ४–१ को जितका साथ अघिल्लो चरण प्रवेश गरेको हो।

बराबरीले बार्सिलोनाको उपाधि झन् कठिन

लगातारका चारमध्ये तीन खेलमा बराबरी नतिजा हात पारेको बार्सिलोनाका प्रशिक्षक क्विके सेटियनको भविष्य पनि अन्योल देखिएको छ। खेलाडी र प्रशिक्षकबीच राम्रो सम्बन्ध नरहेको समाचार बाहिर आइरहेको अवस्थामा प्रशिक्षकको भविष्य अन्योल भएको हो।

बार्सिलोनाद्वारा रियालमाथि थप दबाब

लियोनल मेसीमाथि रग्बी ट्याकल र उनको पेनाल्टीप्रेरित बार्सिलोनाले मंगलबार लेगानेसलाई २–० ले हराउँदै रियाल मड्रिडमाथिको दबाब थप सिर्जना गरेको छ ।

अभ्यासमा फर्किए मेसी

शनिबार अर्को क्लब मालोर्कासँग हुने खेलका लागि सुखद नतिजा निकाल्न मेसी मैदानमा अभ्यासमा फर्किएका हुन् । उनी सबै समकक्षीसँग अभ्यासमा फर्किएका हुन् । स्ट्राइकर मेसी दायाँ खुट्टाको चोटबाट पीडित थिए । यसअघि लिग छिट्टै सुचारु भए मेसी मैदान फर्किने या नफर्किनेमा आशंका थियो ।

मेसी बार्सिलोनाको तालिममा फर्किए

खुट्टामा सामान्य चोट लागेका कारण घाइते भई दुई समूहको तालिम सत्रमा सहभागी हुन नसकेका बार्सिलोनाका जादुमयी फुटबल खेलाडी लियोनल मेसी अभ्यासका लागि बार्सिलोनाको क्याम्प नोउ रगंशालामा शनिबारदेखि उपस्थित भएका छन् ।

मेसीलाई चोटको आशंका

मेसीले यस सिजन १९ गोल गरिसकेका छन्, जुन रियाल मड्रिडका करिम बेन्जेमाले गरेभन्दा पाँच गोल बढी हो । मेसीले यस सिजनमा १२ गोलको अवसरसमेत सिर्जना गरेका छन् ।

बार्सिलोनाले अझै आत्मविश्वास गुमाएको छैन

लियोनल मेसीले अन्तिम समयमा गरेको पेनाल्टी गोलमा रियाल सोसिडाडमाथि कठिन जित हात पारे पनि बार्सिलोनाका प्रशिक्षक क्विके सेटियनले आफ्नो टोलीले अझै आत्मविश्वास नगुमाएको बताएका छन्।

बार्सिलोनाको फराकिलो जित

जारी सिजनका सबैखाले खेलमा गरी लियोनल मेसीले ५०औं गोल पूरा गरेको दिन शनिबार स्पेनिस ला लिगामा बार्सिलोनाले डेपोर्टिभो आल्भेसविरुद्ध ४–१ को जित निकालेको छ।

लियोनार्डोको आपत्ति

हलिउड अभिनेता लियोनार्डो डिक्याप्रियोले आफूमाथि लागेको आरोपप्रति आपत्ति जनाएका छन्। ब्राजिलका राष्ट्रपति जैयर बोलसनोरोले अमेजन जंगल आगलागीमा वातावरण संरक्षणको विषयमा वकालत गर्दै आएका अभिनेता डिक्याप्रियोको हात रहेको आरोप लगाएका थिए।

मेसीको गोलमा अर्जेन्टिनाको बराबरी

लियोनल मेसीले अन्तिम समयमा पेनाल्टी अवसर सदुपयोग गरेपछि अर्जेन्टिनाले सोमबार दक्षिण अमेरिकी प्रतिद्वन्द्वी उरुग्वेसँगको मैत्रीपूर्ण खेलमा बराबरी गर्न सफल भएको छ।

बार्सिलोनालाई सात मिनेट महंगो

स्ट्राइकर लियोनल मेसीले पुनः गोल गरे। तर सात मिनेटको अन्तरमा तीन गोल खाएको बार्सिलोनालाई लेभान्टेविरुद्ध हारको संघारबाट भने जोगाउन सकेनन्।

ग्रेताबाट प्रभावित लियोनार्डो

हलिउड अभिनेता लियोनार्डो डिक्याप्रियो जलवायु परिवर्तनकी अभियन्ता ग्रेता थुनबर्गबाट प्रभावित भएका छन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा जलवायु परिवर्तनकी अभियन्ता ग्रेता थुनबर्गसँगको फोटो पोस्ट गर्दै अभिनेता डिक्याप्रियोले ‘हाम्रो समयको नेता’ भनेर सम्बोधन गरेका छन्।

जितबाट भालभेर्डेलाई राहत

स्पेनिस ला लिगाअन्तर्गत भिल्लारियलविरुद्धको खेलमा बार्सिलोनाका स्ट्राइकर लियोनल मेसी घाइते हुँदै मैदानबाट बाहिरिए पनि टोलीले हात पारेको २–१ को जितले प्रशिक्षक अर्नेस्टो भालभेर्डेलाई राहत दिलाएको छ। पहिलो हाफमा भएको २–१ स्कोर नै निर्णायक बनेको थियो।

मेसी बने फिफा वर्ष खेलाडी, रोनाल्डोलाई उछिने

बार्सिलोनाका स्टार स्ट्राइकर एवं अर्जेन्टिनाको राष्ट्रिय टिमका कप्तान लियोनल मेसीले फिफा वर्षको सर्वाेत्कृष्ट खेलाडीको उपाधि जितेका छन्। महिलातर्फ अमेरिकी फरवार्ड मेगन रापियोले यो अवार्ड हात पारेकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्