८ वैशाख २०८१ शनिबार
खेल

तेहेरो उपाधिको खोजीमा बायर्न

चेल्सीविरुद्ध आफ्ना सहकर्मी इभान पेरिसिचले गोल गरेपछि बायर्न म्युनिखका खेलाडी। तस्बिर: एपी

सिजनको तेहेरो उपाधिको खोजीमा रहेको बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले शनिबार चेल्सीमाथि सानदार जितका साथ च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।  

च्याम्पियन्स लिगअन्तर्गत इङ्लिस प्रिमियर लिग टोली चेल्सीमाथि दोस्रो लेगमा बायर्नले ४–१ को जित हात पारेको हो। पहिलो लेगमा बायर्न ३–० ले विजयी भएको थियो। फ्रांक लाम्पार्डको टोलीमाथि समग्रमा ७–१ को जितका साथ बायर्नले अन्तिम ८ मा स्पेनिस टोली बार्सिलोनासँगको भेट पक्का गरेको हो। लिस्बनमा हुने यी दुई टोलीको भेट शुक्रबार हुनेछ। बायर्नले यस सिजनको बुन्डेसलिगा उपाधि जित्नुका साथै जर्मन कपको समेत उपाधि जितेको थियो।

‘आशा छ हामी अझ माथि पुग्छाैं। बार्सिलोना उत्कृष्ट टोली हो र उनीहरूसँग राम्रा खेलाडी छन् तर पछिल्लो केही सातायताको प्रदर्शन हेर्ने हो भने हामी उच्च आत्मविश्वासका साथ लिस्बन भ्रमणमा निस्कन सक्छौं,’ बायर्नका रक्षक डेवड अल्बाले भने, ‘अगस्ट महिनामा हाम्रो यो पहिलो खेल हो, त्यसैले पनि हामी यो नतिजाले उत्साही छाैं। हामीले स्वाभाविक लय कायम राख्न सफल भएका छौं, जुन सधैं सम्भव हुँदैन। हामीले पछिल्लो दुई सातबाट जुन तयारी गरेका थियाैं, यो त्यसकै नतिजा हो।’

१०औं मिनेटमा स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीले पेनाल्टीको सदुपयोग गर्दा बायर्नले अग्रता लिएको थियो। २४औं मिनेटमा इभान पेरिसिचले बललाई जाली चुमाउँदै बायर्नको अग्रता दोब्बर पारेका थिए। मध्यान्तर हुन एक मिनेट बाँकी हुँदा ट्यामी अब्राहमले गोल गर्दै चेल्सीलाई खेलमा फर्काउने संकेत गरेका थिए।  

७६औं मिनेटमा कोरेन्टिन टोलिसोले बायर्नको अग्रता ३–१ मा पु-याएका थिए। खेल सकिन ६ मिनेट बाँकी हुँदा लेवान्डोवस्कीले व्यक्तिगत गोल पूरा गर्दैै बायर्नको सहज जित पक्का गरेका थिए।  

लियोनल मेसी

‘हामीले खेलअवधिभर नै उत्कृष्ट प्रदर्शन ग-याैं। खेलको सुरुआती ३० मिनेटमै हामीले चेल्सीलाई खेलबाट बाहिर पठाइसकेका थियौं,’ बायर्नका मुख्य प्रशिक्षक हान्स फ्लिकले भने।  

यता स्ट्राइकर लियोनल मेसीको उत्कृष्ट प्रदर्शन प्रेरित बार्सिलोनाले नेपोलीको चुनौती ३–१ ले समाप्त पार्र्दै अन्तिम ८ मा स्थान बनायो। पहिलो लेगमा १–० को जित हात पारेको बार्सिलोना समग्रमा ४–१ को जितका साथ अघिल्लो चरण प्रवेश गरेको हो।

खेलको १०औं मिनेटमा क्लेमेन्ट लेङलेटले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। त्यसको १३ मिनेटपछि मेसीले बललाई पोस्टको दिशा दिँदै बार्सिलोनाको अग्रता दोब्बर पारेका थिए। पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा लुइस स्वारेजले बार्सिलोनाको अग्रता ३–० मा पु¥याएका थिए। पहिलो हाफकै इन्जुरी समयको पाँचांै मिनेटमा लोरेन्जो इन्जाघीले पेनाल्टीको सदुपयोग गर्दै नेपोलीलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बनेन।  

‘२–० को अग्रता बनाएपछि हामी क्वार्टरफाइनलका लागि एक कदम अघि बढ्याैं,’ बार्सिलोनाका प्रशिक्षक क्विके सेटियनले भने, ‘बायर्नविरुद्धको खेल कठिन छ तर पनि हामी उत्कृष्ट प्रदर्शन गर्न तयार छौं।’

च्याम्पियन्स लिग क्वार्टरफाइनलमा म्यानचेस्टर सिटीले लियोन, एट्लान्टाले पिएसजी, आरबी लिपजिगले एट्लेटिको मड्रिडको सामना गर्दा बार्सिलोना र बायर्न आमनेसामने हुनेछन्।

प्रकाशित: २६ श्रावण २०७७ ०२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App