१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

मेसीको गोलमा अर्जेन्टिनाको बराबरी

तेल अभिभ – लियोनल मेसीले अन्तिम समयमा पेनाल्टी अवसर सदुपयोग गरेपछि अर्जेन्टिनाले सोमबार दक्षिण अमेरिकी प्रतिद्वन्द्वी उरुग्वेसँगको मैत्रीपूर्ण खेलमा बराबरी गर्न सफल भएको छ।

इजरायलको तेल अभिभस्थित ब्लुमफिल्ड स्टेडियममा उरुग्वेविरुद्ध हारको संघारमा पुगेको अर्जेन्टिनाका लागि मेसीले अतिरिक्त समयमा पेनाल्टीमार्पmत गोल गर्दै बराबरीको नतिजा दिलाएका थिए। बार्सिलोनमा मेसीका सहकर्मी लुइस स्वारेजको टोली उरुग्वे अतिरिक्त समय अगाडि जितको संघारमा थियो। यद्यपि, मेसीले पेनाल्टी सदुपयोग गर्दै लगातार अर्जेन्टिनाको लगातार सातौं खेलमा अपराजित यात्रा कायमै राख्न मद्दत गरे।

अर्जेन्टिनाले दुई पटक पछि परेको अवस्थामा गोल फर्काएको थियो। एडिसन काभानीको गोलबाट अग्रता बनाएको उरुग्वेले त्यसलाई जोगाउन सकेन। दोस्रो हाफमा म्यानचेस्टर सिटीका स्टार सर्जियो अग्विरोले गोल फर्काउँदा अर्जेन्टिनालाई बराबरीको अवस्थामा ल्याएका थिए। स्वारेजले फ्रिकिकमार्पmत गोल गर्दै उरुग्वेलाई २–१ को अग्रता दिलाए।

तर, मेसीले नै पेनाल्टीको गोलमार्पmत उरुग्वेको लक्ष्य पूरा हुन दिएनन्। पछिल्ला समय द्वन्द्वमा पिल्सिएको आयोजक इजरायलले अर्जेन्टिना र उरुग्वेबीचको मैत्रीपूर्ण खेल शान्तिपूर्वक सञ्चालन गर्न सफल भयो। उक्त खेलमा प्यालेस्टाइन र इजरायलबीचको तनावले निरन्तरता पाएन। यसअघि प्यालेस्टाइनकै दबाबमा अर्जेन्टिनाले इजरायली भूमिमा हुने अन्तर्राष्ट्रिय खेल स्थगित गरेको थियो।

गत विश्वकपअगाडि सन् २०१८ को जुनमा इजरायलमै घरेलु टोलीविरुद्ध अर्जेन्टिनाको खेल अन्तिम समयमा रद्द भएको थियो। उरुग्वेका प्रशिक्षक ओस्कार टाबारेजले गत हप्ता गाजा क्षेत्रमा भएको द्वन्द्वका कारण त्रसित नै रहेको बताएका थिए। यता, विश्वका चर्चित फुटबलर मेसीले भने यस खेलबाट सम्पूर्ण देशवासीका साथै मुस्लिम, क्रिस्चियन र सबै जातिलाई खुसी मिलेको विश्वास व्यक्त गरे।

मेसीले उक्त खेलमा पनि उरुग्वेविरुद्ध दबाब सिर्जना गरेका थिए। तर, उनका प्रहारलाई उरुग्वेका गोलकिपर मार्टिन काम्पनाले सफल हुन दिएनन्। यद्यपि, कोपा अमेरिकाको खेलका क्रममा प्रतिबन्धमा परेका मेसीले प्रतिबन्ध फुकुवापछि दुवै खेलमा गोल गर्न सफल भएका छन्।

सो क्रममा मेसीले दक्षिण अमेरिकी फुटबल फेडेरेसन भ्रष्टाचारमा रहेको भन्दै ब्राजिलको जितमा व्यङ्ग्यसमेत गरेका थिए। सोही ब्राजिलमाथि अर्जेन्टिनाले गत शुक्रबार १–० को जित निकालेको थियो।

 

प्रकाशित: ४ मंसिर २०७६ ०३:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App