![दिल्ली अन्तः शुल्क मामिलामा केजरीवाल अदालतबाट पक्राउ](https://images.nagariknewscdn.com/thumbs/third-party/1711955698_arvindakejariwal-600x400.jpg)
मेसी बने फिफा वर्ष खेलाडी, रोनाल्डोलाई उछिने
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/media/Messi_FIFA_20190924112057-1200x560-wm.jpg)
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/news_images/5d89ab4cc618f-1200x560-wm.jpg)
काठमाडौं– बार्सिलोनाका स्टार स्ट्राइकर एवं अर्जेन्टिनाको राष्ट्रिय टिमका कप्तान लियोनल मेसीले फिफा वर्षको सर्वाेत्कृष्ट खेलाडीको उपाधि जितेका छन्। महिलातर्फ अमेरिकी फरवार्ड मेगन रापियोले यो अवार्ड हात पारेकी छिन्।
सोमबार राती इटालीको मिलान सहरमा आयोजित विशेष समारोहमा फिफा अवार्डको घोषणा गरिएको थियो। ३२ वर्षीय मेसीले छैठौं पटक यो अवार्ड जितेका हुन्। उनले लिभरपुलका बर्जिल वैन डिज्क (३८) र युभेन्टसका क्रिस्टियानो रोनाल्डो (३६) लाई उछिन्दै ४६ अंकसहित अवार्ड हात पारेका हुन्।
मेसीका प्रतिद्वन्द्वीका रुपमा रहँदै आएका रोनाल्डोले ५ पटक यो अवार्ड जितेका छन्। यसअघि दुबैले ५÷५ पटक अवार्ड जितेर बराबरी गरे पनि यसपटक मेसीले जितेर रोनाल्डोलाई अवार्डमा उछिनेका छन्।
बार्सिलोनालाई ला लिगामा च्याम्पियन बनाउन तथा च्याम्पियन्स लिगमा सेमीफाइनलसम्मको यात्रामा महत्वपूर्ण योगदान पुर्याएका मेसीले २००९, २०१०, २०११, २०१२, २०१५ मा समेत यो पुरस्कार जितिसकेका छन्।
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/news_images/5d89ab4d05ff5-1200x560-wm.jpg)
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/news_images/5d89ab4d586cd-1200x560-wm.jpg)
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/news_images/5d89ab605fe18-1200x560-wm.jpg)
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/news_images/5d89ab9d6e45a-1200x560-wm.jpg)
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/news_images/5d89ab9d6ede7-1200x560-wm.jpg)