२१ आश्विन २०८१ सोमबार
image/svg+xml

रामकुमारी झाँक्रीलाई रिहा गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले नेकपा नेतृ रामकुमारी झाँक्रीको रिहाईको माग गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै संविधानले सुरक्षित गरेको अभिव्यक्ति स्वतन्त्रताको मर्यादा राख्न आग्रह गरेका छन्।

ब्रान्डप्रति नेपाली उपभोक्ता सचेत छन्

सामसङ इलेक्ट्रोनिक्स सामग्री उत्पादन गर्ने विश्वकै अग्रणी बहुराष्ट्रिय कम्पनी हो। सामसङ मोबाइलले नेपालको बजारमा ठूलो हिस्सा ओगटेको छ। सामसङले पछिल्लोपटक नेपालमा ग्यालेक्सी एस २१ मोबाइल लन्च गरेको छ। नेपालमा मोबाइलको बजार, कोभिडले पारेको प्रभाव, प्रतिस्पर्धा, पछिल्लोपटक सामसङले लन्च गरेको ग्यालेक्सी एस २१ मोबाइलका फिचर लगायत विषयमा आइएम बिज सामसङ नेपालका महाप्रबन्धक प्रनयरत्न स्थापितसँग नागरिककर्मी दिलीप पौडेलले गरेको कुराकानी :

कांग्रेसको केन्द्रीय सभापतिमा गुरुङको उम्मेद्वारी घोषणा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याणकुमार गुरुङले कांग्रेसको आसन्न महाधिबेशनमा सभापतिमा उठ्ने घोषणा गरेका छन् । नेपाल प्रेस यूनियन खोटाङले मंगलबार बिहान दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य गुरुङले आगामी १४ औं महाधिबेसनका लागि सभापतिको उम्मेदवारी घोषणा गरेका हुन् ।

‘कांग्रेसको प्राथमिकता संविधान रक्षा’

वर्तमान राजनीतिक संकटका समयमा नेपाली कांग्रेस पार्टीको प्राथमिकता संविधानको रक्षा रहेको पार्टीका उपसभापति विमलेन्द्र निधिले बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन भएपछि अहिले देखिएको संकट टार्न कांग्रेसले संवैधानिक उपायको पक्षमा रहेको वीरगन्जमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले बताए।

कांग्रेस नेता आचार्य भन्छन् : संयुक्त आन्दोलन असम्भव

नेकपाको प्रचण्ड माधव समुहले नेपाली कांग्रेससहितका दलहरूसँग फागुन पहिलोसाता देखि संयुक्त आन्दोलन गर्ने बताइरहेका बेला नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले नेकपाको प्रचण्ड–माधव खेमासँग संयुक्त आन्दोलन असम्भव रहेको बताएका छन्।

शान्ति मिशानमा खटिएको नेपाली सेनाद्वारा लेबनानमा कोभिड–१९ किट वितरण

शान्ति सेनामा लेबनानमा खपिटएको नेपाली सेनाको टोलीले आफ्नो कार्य क्षेत्रमा पर्ने बिभिन्न स्थानहरुमा कोरोना माहमारी रोकथामका लागि आवश्यक सरसामान (किट) वितरण गरेकोछ।

विघटनविरुद्ध देशभर कांग्रेसको प्रदर्शन

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नेपाली कांग्रेसले शनिबार देशभर प्रदर्शन गरेको छ। कांग्रेसका शुभेच्छुक संगठनहरूको अगुवाइमा मौन जुलुससहित विरोध प्रदर्शन गरिएको हो।

सर्वसत्तावाद उन्मुख प्रवृत्तिविरुद्ध संघर्ष जारी छ : नेपाली कांग्रेस

नेपाली कांग्रेले प्रतिनिधिसभा विघटन र संवैधानिक निकायमा गराइएको शपथ ग्रहणमा थप गम्भीरता राख्दै आन्दोलनका लागि अपिल गरेको छ।

केन्द्रीय समिति बैठक बोलाउन पौडेलको माग

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सरकारले संवैधानिक अंगमा गरेको नियुक्तिसहित मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टी केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका छन्।

नेपाली : को र कता?

नेपालका नेपालीले संसारका सबै नेपालीको एकता, सामीप्यता र उन्नतिका लागि ठाउँ बनाउनुपर्छ । नेपालको संविधानले राजनीतिक अधिकार छाडेर अरू सबै अधिकार पाउने गरी प्रवासी नेपालीलाई नेपालको नागरिकता दिने भनेको छ । यस अधिकारअन्तर्गत नेपालीले नेपालमा केही सम्पत्ति, आवागमन र बसोबास गर्न पाउने छन् । यसले विश्वका नेपालीबीच एकता, सामीप्यता र उन्नतिमा सहभागिता बढ्नेछ ।

नेकपाका दुवै समूह मुठभेड मुडमा

प्रतिनिधिसभा विघटन र ओली सरकारविरुद्ध यही माघ १३ गते नेपाल–दाहाल समूहले राजधानीमा विशाल आमसभा गरेको थियो। त्यसलाई काउण्टर दिन सत्तामा रहेको ओली समूहले वाग्मती प्रदेश कमिटीको आयोजनामा शुक्रबारका लागि आमसभा तय गरेको हो। प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल–दाहाल समूहले देशभर सभा र विरोधका विभिन्न कार्यक्रम गर्न थालेपछि ओली समूह पनि उस्तै प्रकृतिका सभा र प्रदर्शनमा लागेको हो।

जबर्जस्ती नियुक्ति, विरोधमा बन्द

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संवैधानिक आयोगका प्रमुख आयुक्त, अध्यक्ष तथा आयुक्त र सदस्य गरी ३२ जनालाई नियुत्ति गरेसँगै नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले नियुक्तिमा जबर्जस्ती गरिएको भन्दै बिहीबारका लागि आमहडताल घोषणा गरेको छ ।

‘संसद् विघटन गर्न संविधानको धारा ८५ नै काफी’

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको बहसमा सरकार पक्षका कानुन व्यवासायीले नेपालको संसदीय शासन प्रणाली सुधारिएको र ‘हाइब्रिड’ भएकाले विघटन गर्न धारा ८५ नै काफी भएको जिकिर गरेका छन् ।

नेपाली कलाको प्रवर्धन गर्दै ‘लेट्स डिस्कभर’

राजधानीको ठमेलस्थित काठमाडौं गेस्ट हाउसको तल्लो भाग (अन्डरग्राउन्ड)मा रहेको म्युजियम अफ नेपाली आर्ट (मोना) नेपाली कलालाई नयाँ आयाम दिन लागि परेको छ । सोमबार मोनाले ‘लेट्स डिस्कभर’ नामक कार्यक्रमको आयोजना गरेर विश्वसामु नेपाली कला र कलाकारहरूलाई परिचित गराउन लागि परेको जानकारी गराएको थियो ।

अदालत प्रधानमन्त्रीको छायाँ बन्दैन : नेता खाँण

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले प्रतिनिधि सभा बिघटन सम्बन्धि मुद्यामा सार्वोच्च अदालतले संविधानसम्मत रुपमा न्याय गर्नु पर्ने बताएका छन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्