२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सरकारको नेतृत्व लिने कांग्रेस संकेत

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नयाँ सरकारको नेतृत्व लिन अग्रसर हुने संकेत गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रूपमा दुई समूहमा विभाजित भएको अवस्थामा कांग्रेस नयाँ सरकारको नेतृत्वका लागि सकारात्मक देखिएको हो ।

ग्रिन सिग्नलमा अल्झन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले नयाँ सरकार गठनका लागि सबै पक्षसँग सहकार्य गर्ने निर्णय बुधबार गरेसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीका लागि ग्रिन सिग्नल पाएको थियो। तर बिहीबार विकसित घटनाक्रमले कांग्रेस दाहाल–नेपाल समूहसँग सशंकित बनेको छ भने अर्कोतिर दाहाल–नेपाल समूह पनि कांग्रेससँग झस्किन पुगेको छ।

दुबईमा सय नेपालीले आठ महिनादेखि तलब पाएनन्

पारिश्रमिक नदिएको कम्पनीले कार्यरत अधिकांशको भिसा रद्द गर्दा २०–२५ हजार रूपैयाँसम्म जरिवाना तिर्नुपर्ने अवस्था आएको पीडितको भनाइ छ। ‘मेरो भिसाको अवधि सकिन पनि चार दिन जति बाँकी छ,’ उनले फोन सम्पर्कमा भने। आठ महिनादेखि पारिश्रमिक नपाउँदा साथीभाइसँग ऋण लिएर गुजारा चलाइरहेको बताए।

असहज अवस्थाबाट गुज्रिरहेको मुलुकलाई निकास दिन कांग्रेस तयार: सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असहज अवस्थाबाट गुज्रिरहेको मुलुकलाई निकास दिन नेपाली कांग्रेस तयार रहेको बताएका छन् । रौतहटको गढीमाई नगरपालिका ६ धर्मपुर–सिंगारवन गाउँमा आयोजना गरिएको विष्णु महायज्ञको बुधबार उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री देउवाले अहिले देश असहज अवस्थामा पुगिसकेकाले आवश्यकताअनुसार नेपाली कांग्रेस निकास दिन तयार रहेको बताए ।

पौडलेले कांग्रेस सरकारमा जानहुन्न भनेपछि देउवाले भने : चित्त बुझाउनुहोस् रामचन्द्रजी !

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको प्रस्ताव आए सरकारमा जाने संकेत गरेका छन्। बुधबार चितवनमा आयोजित सभामा सभापति देउवाले राजनीतिक परिस्थितिअनुसार सरकारमा जानुपर्ने अवस्था आए कांग्रेस पछि हट्न नहुने बताएका हुन्।

कांग्रेस प्रचण्ड-नेपाल समूहसँग मिलेर सरकारमा जानुपर्छ : शशांक कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेकपा दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने बताएका छन्। बुधबार चितवनमा पत्रकारसँग कुरा गर्दै कोइरालाले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा दाहाल–नेपाल समूहले दर्ता गर्ने जानकारी दिए।

कांग्रेसले बोलायो संसदीय दलको बैठक

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। प्रतिनिधिसभा पुनःस्थापनापछि आगामी राणनीति तय गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो।

मौलिक खानाको ब्रान्डिङले पर्यटक ल्याउन सकिन्छ: साह

‘नेपालमा हरेक समुदायपिच्छे फरक खानाका परिकार छन्,’ उनले भने, ‘देशको भूगोल अनुसारका खानाले विश्वको ध्यान तान्न सक्छ।’ उच्च हिमालीदेखि तराई र पहाडको मौसम अनुसारको खानाले पर्यटन पवर्धनमा सहयोग गर्ने उनको विश्वास छ। खाना र आवासको व्यवस्थापनमा उचित ध्यान दिन सके नेपाली खानाप्रतिको विदेशी भम्र चिर्न सहयोग पुग्ने उनको धारणा छ।

अझै सुरु भएन २९ जिल्लामा सदस्यता वितरण

नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरण र वितरणको काम अघि नबढेपछि छानबिन समितिले सक्रियता बढाएको छ। केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा गठन भएको सदस्यता छानबिन समितिको मंगलबार बसेको बैठकले सातवटै प्रदेशमा प्रतिनिधि खटाउने निर्णय गरेको छ।

जङ्गी अड्डामा आजदेखि पृतनापति समन्वयात्मक बैठक हुँदै

नेपाली सेनाले सैनिक मुख्यालय जङ्गी अड्डामा आजदेखि पृतनापति समन्वयात्मक बैठक गर्दैछ। महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा हुन लागेको उक्त बैठकमा पृतनापतिबाट आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान वस्तु स्थिति प्रतिवेदन पेश हुने सैनिक जनसम्पर्क सूचना निर्देशनालयले जनाएको छ।

बिएण्डसी कलेज सम्बन्धनमा हस्तक्षेप भयाे : कांग्रेस

नेपाली कांग्रेसले झापास्थित प्रस्तावित बिएण्डसी कलेजलाई एमबिबिएसको सम्बन्धन दिने काठमाडौँ विश्वविद्यालयसभाको निर्णयमा सरकारले हस्तक्षेप गरेको भनी आपत्ति जनाएको छ।

नागरिककर्मी टपेन्द्र कार्की खोजी पत्रकारिता पुरस्कारबाट पुरस्कृत

नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा स्थापना गरिएको खोजी पत्रकारिता पुरस्कार (२०२०) बाट नागरिक दैनिकका संवाददाता टपेन्द्र कार्की पुरस्कृत भएका छन्। नागरिक दैनिकमा नेपाल प्रहरीको लत्ता कपडा खरिदमा भएको अनियमिता र ठगी सम्बन्धी समाचारलाई इञ्जाले खोजि पत्रकारिता पुरस्कार कार्कीलाई प्रदान गरेको हो। इञ्जाले लोकान्तर डटकममा कार्यरत सुशील पन्त पुरस्कृत गरेको छ।

रहेनन् ‘डाक्टर बा’

नेपाली कांग्रेस झापाका पुराना नेता एवं पूर्वसांसद डा. शंकरप्रसाद उप्रेतीको शनिबार राति काठमाडौंमा निधन भएको छ। भारतबाट एमबिबिएस सकाएर १० वर्ष सरकारी सेवामा काम गरेका उप्रेतीले थप ४० वर्ष झापाको शनिश्चरेमा बसेर त्यस क्षेत्रका बिरामीहरूको निःशुल्क उपचार गरेका थिए।

कोरोनाबाट विदेशमा थप ३ जना नेपालीको निधन

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विभिन्न ५३ देशमा रहेका ६२ हजार ४०१ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। तीमध्ये ६० हजार १२४ कोरोना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमणमुक्त हुने दर ९६ दशमलव तीन प्रतिशत रहेको गैरआवासीय नेपाली सङ्घ, ‘कोभिड–१९’ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले बताएका छन्।

कांग्रेस सरकारमा जान्छ तर चुनावबाट मात्रै: गगन थापा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कम्युनिस्ट जुटे पनि फुटे पनि चाँडो निस्कर्ष आउनुपर्ने बताएका छन्। कम्युनिस्टकै कारण देशलाई बन्धक बनाउन नसकिने भन्दै उनले कम्युनिस्ट पार्टीले जतिसक्दो चाँडो झगडा मिलाएर देशलाई निकास दिनुपर्ने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्