३ असार २०८१ सोमबार
image/svg+xml

एक दिनअघि नै उद्घाटन खेल !

यसै वर्ष कतारमा आयोजना हुने विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन खेल आयोजक कतार र इक्वेडरबीच एक दिनअगाडि नै हुने बुधबार स्रोतले बताएको छ।

ब्लाटर र प्लाटिनीलाई भ्रष्टाचार मुद्दामा सफाइ

स्विटजरल्यान्डको एक अदालतले शुक्रबार फिफाका पूर्वअध्यक्ष सेफ ब्लाटर र युइएफएका पूर्वअध्यक्ष मिचेल प्लाटिनीलाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ।

विश्वकपका १८ लाख टिकट बिक्री

कतारमा नोभेम्बरमा आयोजना हुन लागेको विश्वकप फुटबल प्रतियोगिताका लागि आयोजक फिफाले १८ लाख टिकट बिक्री भएको र थप टिकट बिक्री जुलाई ५ बाट खोलिने बताएको छ।

‘चेल्सीका अब्रामोभिच अयोग्य’

रुसले युक्रेनमाथि एकतर्फी आक्रमण गरेको भन्दै दुई दिन अघि मात्र बेलायत सरकारले अब्रामोभिच सहित सात रुसी अर्बपतिको सम्पत्ति रोक्का गरेको थियो। अब्रामोभिचको सम्पत्तिमा रोक्का भएसँगै चेल्सीको भविष्य अन्योलमा परेको छ।

इक्वेडरसँग ब्राजिलको बराबरी

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा ब्राजिलले छैटौं मिनेटमा कासेमिरोले गोल गर्दै भ्रमणकारी टोलीलाई अग्रता दिलाएका थिए। १५औं मिनेटमा एलेक्सजेन्डर डोमिनगुएजले रातो कार्ड पाएपछि इक्वेडर १० खेलाडीमा समेटिएको थियो।

दुई खोलाको दोभानमा फिफाको ‘ड्रिम प्रोजेक्ट’

दुई खोलाको दोभानमा निर्माणाधिन फुटबलको सर्वोच्च निकाय फिफाको ड्रिम प्रोजेक्ट एन्फा टेक्निकल सेन्टरलाई गण्डकी प्रदेश सरकारले तटबन्ध लगाइदिने प्रतिबद्धता फेरी दोहोर्‍याएको छ।

बेल्जियमलाई रोक्दै फ्रान्स फाइनलमा

३७औं मिनेटमा यान्निक कारास्कोले गोल गर्दै बेल्जियमलाई सुरुआती अग्रता दिलाएका थिए। गोल गरेसँगै दबाबमा राखेको बेल्जियमले पाँच मिनेटपछि नै गोल थप्दै अग्रता दोब्बर पारेको थियो।

रहेनन् फिफाका पूर्वरेफ्री खत्री

मर्निङवाकबाट फर्किएपछि उनी बाथरुम छिरेका थिए। त्यसको केही क्षणमा उनी बाथरुमको ढोकामा अचेत अवस्थामा फेला परेका थिए। लगत्तै भैँसेपाटीस्थित मेडिसिटी अस्पताल पुर्‍याइए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।

विश्वकप २०३० या ०३४ को दाबेदारी गर्नेछौं– अस्ट्रेलिया

अस्ट्रेलिया फुटबल संघका प्रमुख जेम्स जोन्सनले आफूहरूले सन् २०३० अथवा २०३४ को फिफा विश्वकप आयोजनाका लागि दाबेदारी प्रस्तुत गर्ने जनाएको छ।

सुपर लिग क्लबलाई फिफा अध्यक्षको चेतावनी

आइतबार युरोपका शीर्ष १२ टोलीले अमेरिकी बैंक जेपी मोर्गानको लगानीमा हुने भनिएको युरोपियन सुपर लिग (इएसएल) आयोजना गर्ने घोषणा गरेका थिए। सो घोषणाप्रति समर्थक र सम्बन्धित राष्ट्रका फुटबल संघले आपत्ति जनाएका थिए।

फिफा वरियतामा नेपाल यथावत

विश्व फुटबल महासङ्घ (फिफा) ले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत स्थानमा रहेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाद्वारा आज जारी नयाँ वरियतामा नेपाल १७०औँ स्थानमा यथावत रहेको हो।

महान्यायाधिवक्ता र अध्यक्ष भेटघाट आपराधिक होइन: फिफा

आपराधिक अनुसन्धान जारी रहे पनि जियानी इन्फान्टिनोले अझै फिफा अध्यक्षकै रूपमा काम कारबाही अघि बढाउने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्