५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

‘फुटबलर दुर्व्यवहारको शिकार’

फुटबल जति लोकप्रिय छ, त्यति नै त्यसभित्रको अन्तरकथा खेलाडीको हिसाबले निकै आलोचित छ।

किनभने फुटबलमा संलग्न आधाभन्दा धेरै खेलाडी सामाजिक सञ्जालमार्फत दुर्व्यवहारमा पर्ने गरेको विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शनिबार खुलासा गरेको छ। फिफाले दुर्व्यवहार गर्नेको व्यक्तिहरूको पहिचान र खोजीनीति सुरु गर्दै छ। खेलाडीमाथि दुर्व्यवहार अधिकांस घरेलु समर्थकबाट हुने गरेको पनि फिफाको रिपोर्टमा उल्लेख छ। ‘समर्थकले खेल दौरानको समयमा करिब ४० प्रतिशत समलिङ्गीको भाषा र ३८ प्रतिशत रंगभेदी दुर्व्यवहार हुने गरेको छ,’ एक स्वतन्त्र टोलीले तयार गरेको रिपोर्टमा उल्लेख छ।

यससँगै फिफाले खेलाडीहरूको युनियनसँग मिलेर खेलाडीलाई लक्षित अपमानजनक पोस्ट गर्नेहरूको पहिचान गर्न थालेको हो। युरोकप सन् २०२० को फाइनल र सेमिफाइनल तथा अफ्रिका कप अफ नेसन्सको समयमा गरिएका चार लाख बढी सामाजिक सञ्जालका पोस्टहरू अध्ययन गरिएको छ। जसमा ५० प्रतिशतभन्दा बढी खेलाडीहरू कुनै न कुनै प्रकारले दुर्व्यवहारको शिकार बनेको अध्ययनले देखाएको छ।

अध्ययन अनुसार युरोकप फाइनलमा पेनाल्टी गर्न चुकेका अस्वेत खेलाडीलाई सबैभन्दा बढी दुर्व्यवहार भएको पाइएको छ। कतार विश्वकप आउन पाँच महिना बाँकी रहँदा फिफाले खेलाडीहरूको युनियन फिफप्रोसँग मिलेर खेलाडीलाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार नहुने गरी काम गर्ने बताएको छ। फिफाले फुटबलको रक्षाको लागि आफूहरू लागिरहेको र खेलाडीमाथि कुनै पनि दुर्व्यवहार स्वीकार्य नहुने बताएका छन्।

प्रकाशित: ६ असार २०७९ ०३:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App