१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

ब्लाटर र प्लाटिनीलाई भ्रष्टाचार मुद्दामा सफाइ

स्विटजरल्यान्डको एक अदालतले शुक्रबार फिफाका पूर्वअध्यक्ष सेफ ब्लाटर र युइएफएका पूर्वअध्यक्ष मिचेल प्लाटिनीलाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ।

स्विटजरल्यान्डको फेडर ल क्रिमिनल कोर्टले विगत ६ वर्षदेखि विचाराधीन मुद्दामा सुनुवाई गर्दै ब्लाटर र प्लाटिनीलाई सफाइ दिएको हो। ८६ वर्षे ब्लाटर र ६७ वर्षे प्लाटिनीमाथि एक वर्ष आठ महिनाको जेल साजाय माग  गर्दै दायर भ्रष्टाचार मुद्दामा उनीहरूलाई सफाइ दिइएको हो।‘अदातलले झुटो मुद्दा रद्द गर्दै सफाइ दिएको हो। यसले राहत प्रदान गरेको छ,’ प्लाटिनीका वकिल डोमिनिक नेलिनले भने।

फ्रेन्च फुटबल संघका समेत पूर्व अध्यक्ष रहेका प्लाटिनीले भने एक विज्ञप्ति जारी गर्दै पहिलो चरणको युद्ध जितेको र अब आफ्नो लडाइँ विगतमा गुमेको पद र प्रतिष्ठा फर्काउनेमा केन्द्रित रहेको जनाएका छन्।

‘हामीमाथि बदनियत राखी मुद्दा दर्ता भयो,’ प्लाटिनीले भने, ‘उनीहरूको मुद्दामा कुनै तथ्य प्रमाण नै थिएन। त्यसैले उनीहरू सुनुवाइका क्रममा बहसमा उपस्थित भएनन्।’ प्लाटिनी सन् १९९८ देखि २००२ सम्म ब्लाटरको सल्लाहकार थिए।

ब्लाटरले अदालतसक्षम सन् १९९८ मा विश्व फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्षको पद सम्हालेको र त्यसभन्दा अघि नै फिफामा आर्थिक अनियमितता भएको तथा त्यसलाई ढाकछोप गर्न शीर्ष तहबाटै गलत प्रयास भएको बयान दिएका थिए।

ब्लाटरले नियमविपरीत फिफाको खाताबाट प्लाटिनीलाई आर्थिक सहयोग गरेको भन्दै मुद्दा दर्ता भएको थियो। जसको अनुसन्धान सन् २०१५ देखि जारी थियो। त्यसलगत्तै ब्लाटरले पदबाट राजीनामा दिएका थिए। सोही विवादमा मुछिएपछि प्लाटिनीले भने सन् २०१६ मा युइएफएको अध्यक्षबाट राजीनामा दिएका थिए।

ब्लाटर र प्लाटिनीमाथि फिफाको इथिक्स कमिटीले आठ वर्षको प्रतिबन्ध लगाएको थियो। पछि त्यसलाई क्रमशः ६ र ४ वर्षमा घटाइएको थियो।

प्रकाशित: २५ असार २०७९ ०४:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App