कपिलवस्तुमा आज बिहान चट्याङ लागेर २ जनाको मृत्यु भएको छ। खेतमा काम गर्न जाने क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा यशोधरा गाउँपालिका वडा ६ भैसाहीयाका २२ वर्षिय महेश कलवार र बुद्धभुमि नगरपालिका वडा १० प्रेम नगरका १८ वर्षिय राजु ठाकुरको मृत्यु भएको प्रहरी नायब उपरिक्षक हरि बहादुर ओलीले बताए।
दुबै जनाको शव पोस्टमर्टमका लागि कपिलवस्तु अस्पताल ल्याइएको छ।
प्रकाशित: १२ असार २०८१ ११:०६ बुधबार