१ आश्विन २०८१ मंगलबार
image/svg+xml

कपिलवस्तु अस्पताललाई करोडौंको स्वास्थ्य सामाग्री हस्तान्तरण

कपिलवस्तु अस्पताललाई एक करोड बढी मूल्यका हाड जोर्नी सम्बन्धी स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । स्वास्थ्य तथा जन संख्या मन्त्रालयले अस्पतालमा हाड जोर्नी सम्बन्धी उपचारमा सहजताका लागि एक करोड ६ लाख बढी मूल्यका बिभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेको हो।

१९ जना श्रीमानले दिए श्रीमतीविरुद्ध उजुरी

गत आर्थिक वर्ष २०८०/०८१ मा श्रीमानले श्रीमतीविरुद्ध १९ वटा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेलले जनाएको छ।

एक युवा, पाँच बिरुवा अभियान शुभारम्भ

प्राचीन बुद्ध नगरी कपिलवस्तु नगरपालिकामा ‘ एक युवा पाँच बिरुवा ’अभियान संचालन गरिएको छ।

मल र सिंचाइ अभावले कपिलवस्तुमा पाँच प्रतिशत मात्र रोपाइँ

लुम्बिनी प्रदेशको सबैभन्दा बढी धान खेती हुने कपिलवस्तुमा पनि २१औं राष्ट्रिय धान दिवसका अवसरमा जिल्लाका विभिन्न स्थानमा रोपाइँ महोत्सव गरिएको छ।

कपिलवस्तुमा चट्याङ लागेर २ जनाको मृत्यु

कपिलवस्तुमा आज बिहान चट्याङ लागेर २ जनाको मृत्यु भएको छ। खेतमा काम गर्न जाने क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।

झन्डै एक वर्षमा कपिलवस्तुबाट बैदेशिक रोजगारीमा गएका ४३ जनाको मृत्यु

स्वदेशमा रोजगारीको अभाव र आकर्षक तलबको लोभमा परेर बैदेशिक रोजगारीमा जानेको संख्या दिनदिनै बढ्दै गएको छ । आर्थिक अवस्था उकास्न भन्दै एजेन्टको भरमा परेर बैदेशिक रोजगारीमा जानेको संख्या निरन्तर बढ्दै गएको छ।

सुरुङ खनेर कारागारबाट फरार एक भारतीय १४ वर्षपछि पक्राउ

कपिलवस्तु कारागारबाट सुरुङ खनेर फरार भारतीय नागरिक १४ वर्षपछि पक्राउ परेका छन्। कारागारबाट २०६६ साल माघ २ गते उनीसहित ८ जना सुरुङ खनेर फरार भएका थिए।

वर्षाको कामना गर्दै भक्तजनहरू शिव शरणमा

जेठ सकेर असार लाग्दा समेत वर्षा नभए पछि कपिलवस्तुका कृषकहरू चिन्तित बनेका छन । नेपालका पूर्वका जिल्लाहरुमा मनसुन आए पनि जिल्लामा भने वर्षाको अझै छाट देखिएको छैन ।

गणतन्त्र दिवसको अवसरमा रक्तदान

गणतन्त्र दिवस २०८१ को अवसरमा तौलिहवा स्थित कपिलवस्तु अस्पतालमा रक्तदान र बिरामीहरुलाई फलफुल वितरण गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्