३ आश्विन २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

कपिलवस्तु अस्पताललाई करोडौंको स्वास्थ्य सामाग्री हस्तान्तरण

कपिलवस्तु अस्पताललाई  एक करोड बढी मूल्यका हाड जोर्नी सम्बन्धी स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । स्वास्थ्य तथा जन संख्या मन्त्रालयले अस्पतालमा हाड जोर्नी सम्बन्धी उपचारमा सहजताका लागि एक करोड ६ लाख बढी मूल्यका बिभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेको हो।

 युवा नेताहरू सन्दीप पाण्डेय र ईरफान खाले विशेष पहल गरे पछि तत्कालीन स्वास्थ्य राज्य मन्त्री प्रदीप यादवले सो सामग्रीका लागि मन्त्रालयमा बजेट नियोजन गरेका थिए । ९७ लाख बढी मूल्यको सी आर्म मेसिन , साढे ६ लाखको डेफिब्रिलेटर बायस्पिक एक सेट, ट्रान्सपोर्ट ट्रली ३ पिस, ईसिजि ३ च्यानल एक सेट, डेलिभरी बेड एक सेट प्राप्त भएको अस्पतालका मेडिकल सुप्रीटेन्डेन्ट किशोर बन्जाडेले बताए।

उनले यो सामग्रीले अब हाड जोर्नी सम्बन्धी उपचारमा सहजता हुने उनले बताए । कपिलवस्तु अस्पतालका हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर अजय कुमार चौधरीले प्राप्त सामाग्री उच्च प्रविधिको रहेकाले अब खास गरी हाड जोर्नीको अप्रेसन गर्नु पर्ने बिरामीहरूको उपचारमा सहजता हुने उनले बताए ।  यो सामग्रीले  हाड जोर्नीको उपचारमा अब धेरै सजिलो हुन्छ ’ उनले भने । हाड जोर्नीका लागि अस्पतालमा अझै थुप्रै सामाग्री र जन शक्तिको आवश्यकता रहेको उनले बताए । मेसु बन्जाडेले अस्पताललाई नमुना अस्पताल बनाउन आफू  लागि परेको बताए ।  

प्रकाशित: ३१ श्रावण २०८१ १७:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App