स्थानीय बजारमा बुधबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेको हो।
बुधबार छापावाल सुन तोलामा १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिन मंगलबार छापावाल सुन तोलामा १ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै,आज तेजाबी सुन तोलामा १ लाख ४० हजार ९०० रुपैयाँमा कारोबार हुँदा चाँदीको पनि मूल्य घटेको छ।
मंगलबार तोलामा १ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार घटेर तोलामा १ हजार ७९० रुपैयाँमा कारोबार भईरहेको छ।
प्रकाशित: १२ असार २०८१ ११:०१ बुधबार