९ मंसिर २०८१ आइतबार
image/svg+xml

सूर्याेदय नगरलाई नमुना बनाउने अभियानमा छौं: मेयर रणबहादुर राई

हामीले दिगो विकासका लक्ष्यलाई टेकेरै सम्पूर्ण काम गरिरहेका छौं। हाम्रो अबको मुख्य लक्ष्यचाहिं सूर्याेदयलाई देशकै नमुना नगरपालिका बनाउने हो।

कृषिजन्य वस्तुको आयात प्रतिस्थापन प्राथमिकतामा

मन्त्रालयले विशेषगरी कृषि उत्पादन कार्यक्रममा १५ अर्ब, कृषि विकास बैंक मार्फत खर्च गर्ने गरी समावेशी कृषि रूपान्तरण कार्यक्रममा चार अर्ब २४ करोड रूपैयाँ प्रस्ताव गरेको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई निरन्तरता दिने भएको छ।

पुँजीगत बजेट खर्चको दुरवस्था

चालु आर्थिक वर्ष सकिन ६० दिन मात्र बाँकी हुँदा सरकारको पुँजीगत खर्च दयनीय अवस्थामा देखिएको छ।अघिल्ला २ वर्षमा जस्तो यो वर्ष कोभिड १९ को प्रभाव नरहे पनि सरकारले पुँजीगत खर्च बढाउन सकेको छैन।

लिभरपुलको उपाधि सम्भावना जीवित

योर्गान क्लोपको टोली एकै सिजन चार उपाधिको कीर्तिमान रच्ने लक्ष्यमा छ। प्रिमियर लिगको ३६ खेलमा दोस्रो स्थानको लिभरपुलको ८६ अंक छ। एक खेल कम खेलेको शीर्ष स्थानको सिटीको पनि समान ८६ अंक छ। सिटीभन्दा लिभरपुल गोलअन्तरमा पछि परेको छ।

१० महिनामा ३० प्रतिशत पुजिँगत खर्चः निर्माण व्यवसायीको आन्दोलनले पुँजीगत खर्चमा चाप

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार वैशाख २५ गतेसम्म चालु आर्थिक वर्षमा छुट्याइएको पुँजीगत खर्चको एक तिहाइ पनि पुँजीगत खर्च हुन सकेको छैन। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्वसहसचिव कमल पाण्डे पूर्वाधार आयोजनाको पूर्वतयारी बिनै आयोजना निर्माणमा जाँदा पर्याप्त पुँजीगत खर्च हुन नसकेको बताउँछन्।

वैदेशिक अनुदानको अवस्था: लक्ष्य ६० अर्ब, ९ महिनामा १४ अर्ब मात्र

विदेशी दातृ संस्था तथा निकायहरूले पछिल्ला वर्षहरूमा नेपाललाई दिने अनुदानको अंश क्रमशः घटाउँदै लगेका छन्।

कांग्रेसको संस्थागत विकासका लागि ५० लाखको अक्षयकोष

एक महिनादेखि आर्थिक सङ्कलन अभियानमा जुटेकामा अहिलेसम्म रु २० लाख सङ्कलन भएको कांग्रेसका क्षेत्रीय सभापति चण्डीप्रसाद शर्मा पौडेलले जानकारी दिए।

मिथिला चित्रकलामा दिगो विकास लक्ष्य चित्रण भएको हुलाक टिकट जारी

दिगो विकास लक्ष्यहरु सबैका लागि पहुँचयुक्त र बुझ्न सकिने बनाउनका लागि स्वदेशी कला प्रयोग गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको आवासीय संयोजकको कार्यालयले १७ वटा एसडीजी प्रतिकचिन्हरुलाई स्थानीय कलामार्फत स्थानियकरण गर्ने कार्यको थालनी गरेको छ।

उपाधि जित्ने नेपालको लक्ष्य

मंगलबारबाट बंगलादेशको ढाकामा आयोजना हुने एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगितामा सहभागी हुने नेपाली टोली पुरुष तथा महिला टोलीलाई नेपाल भलिबल संघले आइतबार बिदाइ गरेको छ।

होचा सागरको सगरमाथा चुम्ने सपना

उनको आरोहण टोलीमा सहभागी हुने अधिवक्ता विष्णुप्रसाद भुसाल जलवायु परिवर्तनले नेपालमा हिउँ पग्लने र हिमताल विस्फोट हुने संघारमा रहेको चर्चा गर्दै भन्छन्, ‘हामीले आरोहणबाट जलवायु परिवर्तनका असरलाई सम्बोधन गर्न विश्वलाई गम्भीर हुन सन्देश दिनेछौं।’

भिल्लाको प्रशिक्षकमा जेरार्ड

लिभरपुलका पूर्वकप्तान स्टेभन जेरार्डले प्रिमियर लिगमा प्रशिक्षणको करियर सुरुआत गर्दा एस्टन भिल्लाको जिम्मेवारी सम्हाल्नेछन्।

लक्ष्यभन्दा ५८ करोड बढी राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय धरानले आर्थिक वर्ष २०७७/७८ मा कूल दुई अर्ब ८७ करोड ५२ लाख राजस्व सङ्कलन गरी १२५ दशमलव ६३ प्रतिशत प्रगति हासिल गरेको छ।

जावाको दसैंतिहार बहार

दसैंतिहारको उपलक्ष्यमा जावाले ग्राहकमुखी योजना प्रस्तुत गरेको छ। नेपाली सडकमा आधुनिक एवं आकर्षक मोटरसाइकलका रूपमा परिचित यस बाइकले आफ्ना नयाँ ग्राहकलाई प्रोफेसनल राइडिङ ज्याकेट तथा कस्टम जावा हेलमेट प्रदान गर्नेछ।

दिगो विकास लक्ष्यको प्रगति निराशाजनक

जनप्रतिनिधिलाई जानकारी नहुँदा तहगत रुपमा समन्वय र योजना छनोट हुन नसकेको उनले बताए। दिगो विकास लक्ष्य पूरा गर्न ५५ प्रतिशत योगदान निजी क्षेत्रको हुन्छ।

२०० मेगावाटमाथिका जलायशयुक्त आयोजनाको १५ वर्षसम्म आयकर छुट

सरकारले दुई सय मेगावाटमाथिका जलाशय तथा अर्धजलाशययुक्त जलविद्युत् आयोजनालाई व्यापारिक कारोबार सुरु गरेको मितिले पहिलो १५ वर्षसम्म पूरै आयकर छुट दिने घोषणा गरेको छ भने त्यसपछिको ६ वर्षसम्म ५० प्रतिशत छुट दिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्