८ वैशाख २०८१ शनिबार

वडा कार्यालयमा स्तनपानकक्ष

कर्मचारी तथा सेवाग्राही आमालाई स्तनपान गराउन सहज होस् भन्ने उद्देश्यले दाङको तुलसीपुर उपमहानगरपालिका वडा १३ को कार्यालयमा स्तनपान कक्ष स्थापना गरिएको छ।

स्वास्थ्य सेवा विभागमै छैन स्तनपान कक्ष

घरैमा बस्ने आमाले शिशुलाई पटक–पटक स्तनपान गराउन सक्छिन्। कामकाजमा जाने आमाका शिशु नियमित स्तनपानबाट वञ्चित हुन्छन्। कार्यालयमा पनि स्तनपान कक्ष छैनन्।

स्तनपान गराउने आमा नै सुन्दर र स्वस्थ

जनसंख्या तथा स्वास्थ्य सर्वेक्षण, २०२२ (सन्) अनुसार नेपालमा बच्चालाई पूर्ण स्तनपान गराउनेको संख्या ५६ प्रतिशत छ, जुन १९९१ मा ७० थियो । यो प्रतिशत सन् २००१ मा ६८, २००६ मा ५३, २०११ मा ७० र २०१६ मा ६६ थियो ।

स्तनपान: राष्ट्रिय औसतभन्दा कर्णालीमा बढी

कर्णाली प्रदेशमा ४० प्रतिशत महिलाले शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने गरेका छन्।

कालिकोटमा मनाइयो विश्व स्तनपान सप्ताह

स्तनपानको महत्व र फाइदाबारे जनचेतनामूलक कार्यक्रमहरु गर्दै यो दिवस मनाउने गरिन्छ। यही सन्दर्भमा जिल्लाको सदरमुकाम मान्ममा खाँडाचक्र नगरपालिका स्वास्थ्य सेवाको आयोजनामा विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाको समन्वय तथा सहयोगमा विश्व स्तनपान सप्ताह मनाइएको हो। आमाको स्तनपान शिशुका लागि अमृत बराबर मानिएको छ।

नयाँ अध्ययन भन्छ : आमाको दूधले कोरोना मार्न मद्दत गर्छ

बेइजिङ युनिभर्सिटी अफ केमिकल टेक्नोलजीका प्राध्यापक टोङ यिग्याङ नेतृत्वको वैज्ञानिक टोलीले गरेको अध्ययनले आमाको दूधले कोरोना संक्रमण रोक्न मद्दत गर्ने तथ्य पत्ता लगाएको हो।

स्तनपान कसरी गराउने ?

स्तनपान सप्ताह मनाउने क्रममा यसै शीर्षकमा प्रकाशित लेखमा स्तनपानका सामाजिक, सांस्कृतिक, संस्थागत बस्तुस्थितिको बारेमा केही चर्चा गरेको थियौं । उक्त लेखले उठान गरेको स्तनपान प्रबद्र्धनमा कलापक्षका बारेमा थप जानकारी यस लेख मार्फत उजागर गर्ने जमर्को गरेका छौ । स्तनपान पोषण मात्र होईन आमाको नांङ्गो छातीमा टाँसिएर बच्चाले न्यानो मायासंगै मानसिक, भावनात्मक र सुरक्षाको दह्रो प्रत्याभूति पाईरहेको हुन्छ ।

यसकारण शिशुलाई ६ महिनासम्म आमाकै दूध चुसाउनुपर्छ

पछिल्लो समय महिला कामकाजी भएकाले बच्चालाई पूरा अवधि स्तनपान गराउने चलनमा असर परेको पोषण शाखाका प्रमुख केदारराज पराजुलीले बताए ।

स्तनपान प्रबर्द्धनमा कलापक्ष

स्तनपान भनेको पेट भर्ने कुरामात्र होइन। यो त आमा र बच्चाबीच भावनात्मक सम्बन्ध विस्तार गर्ने अवसर पनि हो। त्यसका लागि आमा र बच्चाले एकअर्कालाई हेर्ने, मुस्कुराउने, कुरा गर्ने गर्नुपर्छ।

‘स्तनपानले आमा र बच्चाबीच आत्मीयता बढाउँछ'

अहिले धेरै आमाहरु कामको व्यस्तताका कारण स्तनपान नगराइ बच्चालाई बोतलबाट बाहिरी दूध खुवाउने प्रचलन प्रशस्त मात्रामा भइरहेको देखिन्छ। अभिभावकहरु बच्चालाई आमाको दूध भन्दा बजारमा पाइने दूध खुवाउनु नै सहज ठान्दछन्।

स्वास्थ्य संस्थामा स्तनपान कक्ष

रसुवाका पाँच स्वास्थ्य संस्थामा स्तनपान कक्ष स्थापना गरिएको छ। स्वास्थ्य संस्थामा सेवा लिन आउने सेवाग्राहीले बालबालिकासमेत बोकेर आउने भएकाले सहजताका लागि सो कक्ष स्थापना गरिएको हो।

स्तनपान गराउन नेहाको आग्रह

अन्तर्राष्ट्रिय स्तनपान सप्ताहको अवसरमा अभिनेत्री नेहा धुपियाले ‘फ्रिडम टु फिड’ नामक अभियानको सुरुवात गरेकी छिन्। उनको औपचारिक इन्स्टाग्रामले छोरी मेहरसँगको भिडियो पोस्ट गर्दै उनले लेखेकी छिन्, ‘ह्यासट्याग फ्रिडम टु फिड – नेहा धुपियाको पहलमा। संवाद सुरू गरौं..आमा भएर हामी चाहान्छौं फ्रिडम टु फिड।’

स्तनपानले बच्चालाई मात्र होइन आमालाई पनि सुन्दर बनाउँछ

भर्खरै जन्मेको शिशुको लागि आमाको पहिलो दूध नै सबथोक हुन्छ। शिशुले जन्मेको ६ महिनासम्म पूर्ण स्तनपान गर्न पाउनु उसको जन्मसिद्ध अधिकार हो।

जिल्ला प्रशासनमै स्तनपान कक्ष

स्तनपान कक्षमा एकै पटक तीनजनासम्म आमाले स्तनपान गराउन सक्नेछन्। यस्तै सेवाग्राहीहरूको सुविधाका लागि कार्यालयको मूल प्रवेशद्वारमा छुट्टै सहायता कक्ष पनि सञ्चालनमा आएको छ। सेवाग्राहीको सहजताका लागि १३ प्रकारका निवेदनका ढाँचाहरू निर्माण गरी सहायता कक्षमा राखिने छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्