८ मंसिर २०८१ शनिबार
image/svg+xml

सार्वजनिक स्थल तथा स्वास्थ्य संस्थामा स्तनपान कक्ष स्थापना हुने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक स्थल तथा स्वास्थ्य संस्थाहरूमा स्तनपान कक्ष बनाउने भएको छ। चालु आवमा ३० वटा स्तनपान कक्ष स्थापना गर्ने तयारी भइरहेको उक्त मन्त्रालयका परिवार स्वास्थ्य महाशाखा प्रमुख डा आरपी विच्छाले जानकारी दिए।

यस्तो छ नेपालमा स्तनपानको अवस्था

विश्व बैंक, युनिसेफ र विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा भने स्तनपान गराउने आमाको संख्या हरेक साल घटबढ हुने गरेको छ। तथ्यांक अनुसार सन् १९९६ मा सबैभन्दा बढी ७५ प्रतिशत नेपाली आमाहरुले आफ्ना सन्तानलाई स्तनपान गराएका थिए भने सो तथ्यांक घटेर सन् २००१ मा ६८.३ प्रतिशत पुगेको थियो। त्यस्तै, सन २००६ मा ५३.२३ प्रतिशत, २०११ मा ६९.६४, २०१४ मा ५६.६८, २०१६ मा ६६.१ र २०१७ मा ६५.१५ पुगेको देखिन्छ।

स्तनपानमा नेपालको प्रयास र उपलब्धी प्रशंसनीय : विश्व स्वास्थ संगठन

बच्चालाई स्तनपान गराउनमा नेपालले गरेका प्रयास र हासिल गरेका उपलब्धिलाई विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघीय बाल कोष(युनिसेफ)ले प्रशंसा गरेका छन्। स्तनपानको अवस्थाबारे विश्वका ७६ देशको अध्ययन गरी सार्वजनिक गरिएको ‘क्याप्चर दि मोमेन्ट’ नामक प्रतिवेदनमा यस्तो औल्याइएको हो।

रसुवा जिल्ला प्रशासनमा स्तनपान कक्ष

जिल्ला प्रशासन कार्यालय रसुवामा स्तनपान कक्षको स्थापना गरिएको छ। कार्यालयमा नागरिकता र राहदानी बनाउन आउने सेवाग्राहीले बालबालिकासमेत बोकेर आउने भएकाले सहजताका लागि कक्षको स्थापना गरिएको हो।  प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलका अनुसार सेवालिनका लागि बच्चा बोकेर आउने दिदीबहिनीलाई यो कक्षले सहयोग पुग्नेछ ।

ब्रिटिश मोडलले स्तनपान गराएको तस्बिर सार्वजनिक गरेपछि...

स्तनपान गराउँदै गरेको आफ्नो तस्बिर सार्वजनिक गरेपछि ब्रिटिश मोडल तमारा एकलेस्टनमाथि ‘अभद्रता’को आरोप लागिरहेको छ। उनका यी तस्वीरले फेरि एक पटक पुरानो बहजलाई ताजा गराएको छ– के महिलाले सार्वजनिक रुपमा स्तनपान गराउनु हुन्छ ?

बेलायतमा स्तनपानको दर विश्वकै न्युन

बेलायतका महिला आफ्नो बच्चालाई स्तनपान गराउने मामिलामा निकै पछाडि रहेको एक अध्ययनले देखएको छ। बेलायतको स्वान्सी विश्वविद्यालय र विश्व स्वास्थ्य संगठनले संयुक्त रुपमा गरेको अध्ययनले बेलायतमा स्तनपानको दर विश्वकै न्युन रहेको र एसियाली मुलुक ओमान भने स्तनपानको दर विश्वकै धेरै रहेकोे देखाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्