महिलालाई बिक्री गरेको आरोपमा एक जना पक्राउ
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोकाअनुसार यसरी महिलालाई बिक्री गरेको आरोपमा प्रहरीले नुवाकोटको बालकुमारीका अनिशा भन्ने फूलमाया तामाङलाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोकाअनुसार यसरी महिलालाई बिक्री गरेको आरोपमा प्रहरीले नुवाकोटको बालकुमारीका अनिशा भन्ने फूलमाया तामाङलाई पक्राउ गरेको छ।
युनिलिभर नेपाल लिमिटेड र माइती नेपालबीच समाजमा मानव बेचबिखन तथा घरेलु हिंसाको सिकार भएका महिलाका निमित्त रोजगारी सिर्जना गर्ने सहकार्य भएको छ।
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पीडितले दिएको जाहेरीका आधारमा प्रतिबादी शोभाकुमारी बोहरालाई जिल्ला कारागार दैलेखमा थुनामा राखिएको छ।
‘सामाजिक सञ्जालको बढ्दो प्रयोग, विदेशीसँग विवाह गर्ने क्रम र वैदेशिक रोजगारीमा जान चाहने महिलाको संख्या बढेसँगै बेचबिखनमा पर्ने जोखिम पनि बढेको छ। शिक्षित महिलासमेत बेचबिखनको जोखिममा पर्न थालेका छन्।’
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा पोखराबाट दुईजना पक्राउ परेका छन्।
माइती नेपालका अनुसार पछिल्ला वर्षमा नेपालभित्र नाबालक किशोरीहरू आन्तरिक बेचबिखन र जबरजस्ती यौन उद्योगमा संलग्न गराइएका छन्। गत वर्ष माइती नेपालले देशभित्रै आन्तरिक बेचबिखन र जबरजस्ती यौन उद्योगमा संलग्न गराइएका ६० किशोरी र बालिकाको उद्धार गरेको थियो।
रुपन्देहीको सीमानाकाबाट मानव बेचबिखनका घटना हुने गरेका छन्। मानव तस्करले नेपाली महिला तथा बालबालिकालाई विभिन्न बहानामा भारत तथा तेस्रो मुलुक पुर्याइ बिक्री गर्ने गरेको माइती नेपालको तथ्याङ्कले देखाएको छ।
‘सुरक्षाका लागि साथ– साथ परियोजना’अन्तर्गत सञ्चारर्मीहरुलाई मानव बेचबिखन र बाल अधिकार संरक्षणका विषयमा जानकारी दिन र पीडितको अधिकारबारे दक्षता वृद्धि गर्नका लागि सेलर्डले सो कार्यक्रम आयोजना गरेको हो।
युएस मानव बेचबिखन प्रतिवेदन–२०२१ का अनुसार नेपालले पालेर्मो आलेखको अनुमोदन, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐनमा संशोधन गर्ने कदमलगायत मानव बेचबिखनविरुद्ध निरन्तर रूपमा जनचेतना जगाउने कार्य गर्दै आएको देखाएको छ।
कोभिड–१९ महामारीको नकारात्मक प्रभावकाबीच नेपाल सरकारले मानव बेचबिखन नियन्त्रणमा प्रगति गरेको पाइएको छ।
मानव बेचबिखन तथा ओसारपसार ऐनमा गरिएको बेचबिखनसम्बन्धी परिभाषा अन्तरराष्ट्रिय कानूनअनुसार मेल नखाने भएकाले संशोधन गरिनुपर्नेमा जोड दिइएको छ।
अवैध बाटोको प्रयोग गरी चेलिबेटीलाई प्रलोभनमा पारेर भारततर्फ लैजाने कार्य रोक्नका लागि विभिन्न चुनौतीको सामना गर्दै कार्य अगाडी बढाउँदै आएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताए। रोजगारी, विवाहलगायत प्रलोभनमा पारेर भारततर्फ लाग्दै आएका महिलाहरूको सीमा क्षेत्रमा रोकथामसँगै परिवारसँग पुनः मिलन गराउने उनले बताए।
कैलालीमा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जनालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ। धनगढी–६ जालीमा रहेको जङ्गल प्लाजा नाम गरेको रिसोर्टबाट मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रिसोर्टका प्रबन्धक सोही ठाउँका रामप्रसाद चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।
युवतीलाई आर्थिक प्रलोभन देखाएर यौनधन्दा गरेको आरोपमा इटहरीकी एक होटल सञ्चालिकालाई प्रहरीले पक्राउ गरि मुद्दा चलाएको छ। इटहरी वडा नं. ९ स्थित विराटनगर लाईनमा रहेको ब्लु स्काई होटल सञ्चालिका ३४ वर्षे सुनिता साउदलाई पक्राउ गरि मुद्दा चलाएको हो । उनलाई मानव बेचबिखन तथा ओसारपसारबिरुद्द मुद्दा चलाइएको छ ।