२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

मानव बेचबिखनमा होटल सञ्चालिकालाई मुद्दा

फाइल फाेटाे । नागरिक

युवतीलाई आर्थिक प्रलोभन देखाएर यौनधन्दा गरेको आरोपमा इटहरीकी एक होटल सञ्चालिकालाई प्रहरीले पक्राउ गरि मुद्दा चलाएको छ। इटहरी वडा नं. ९ स्थित विराटनगर लाईनमा रहेको ब्लु स्काई होटल सञ्चालिका ३४ वर्षे सुनिता साउदलाई पक्राउ गरि मुद्दा चलाएको हो । उनलाई मानव बेचबिखन तथा ओसारपसारबिरुद्द मुद्दा चलाइएको छ ।  

प्रहरीले महिला राखि यौन सम्पर्क गराएको सूचनाका आधारमा होटलमा छापा मार्दा २२ वर्षे युवती भेटिएकी थिइन । निजलाई सोधपुछ गर्दा होटल सञ्चालिका साउदले होटलमा आउने अपरिचित पुरुषसँग यौन कार्य गर्न लगाएको बताएकी थिइन् ।  

विशेषगरी, होटल सञ्चालन गर्दा आर्थिक फाइदाका लागि युवतीलाईं अनेक प्रलोभन दिएर ग्राहकसँग शारीरिक सम्पर्क गर्न लगाउँने क्रम बढ्दो छ । यस्ता कार्य गर्नमा होटल सञ्चालकले नै युवतीलाईं ग्राहकसँग शारीरिक सम्पर्क गर्न लगाउन उद्यत हुने गरेका छन् ।

पूर्व पश्चिम तथा कोशी राजमार्ग आसपासका सुनसरीका विभिन्न स्थानमा सञ्चालित केही होटल सञ्चालकले युवती राखेर यौनधन्दा गर्ने गर्छन् । जिल्लाका विभिन्न स्थानभन्दा सबैभन्दा बढी इटहरी क्षेत्रमा सञ्चालित होटल सञ्चालकलाईं मानब बेचबिखन मुद्धा चलाइएको छ ।  

इटहरीबाट सबैभन्दा बढी मानव बेचबिखन बिरुद्ध मुद्धा दर्ता हुन सात वर्षअघि देखि सुरु भएको थियो । सात वर्षअघिसम्म इटहरीमा खुलेका बग्रेल्ती क्याविन–रेष्टुरेन्टसँगै केही होटलमा महिलालाई राखेर यौनधन्दा सञ्चालन गरिन्थ्यो । त्यतिबेला इटहरी तथा वरपरका केही होटलमा फस्टाएको यौन व्यापारबिरुद्द प्रहरीले अप्रेसन थालेर सात जना सञ्चालकलाई मानव बेचबिखन तथा ओसारपसारमा मुद्दा चलाएको थियो ।

एकैसाथ सात जना होटल सञ्चालकलाईं मुद्धा चलाएपनि केही महिनासम्म यौनधन्दाका घटना नगन्य हुने गर्थे । तर, एकपछि अर्को उपाय होटल सञ्चालकले अप्नाएर यौनधन्दा गर्न थाले । जसमा शुरुवातमा सञ्चालकले श्रीमती बनाउँने वाहनामा यौन कार्य गर्न लगाउँने गरेको पनि भेटियो । त्यस्तो गर्नेलाई पनि प्रहरीले कारबाही गर्यो ।  

अर्को उपायका क्रममा भारत दार्जेलिङ्का युवतीको समूह र यौनधन्दामै संलग्न महिलाले चिनेजानेका किशोरी तथा महिलालाई केही निश्चित दिनका लागि झिकाएको पनि प्रहरीले सूइको पायो । तिनीहरूलाई पनि प्रहरीले पत्ता लगाएर मुद्दा नै चलायो ।  

पछिल्लो समय इटहरी तथा आसपासमा क्षेत्रमा यौनधन्दा न्यून हुने भएको प्रहरीले जनाउँदै आएको छ। तर, पनि बेला बेलामा घटना दोहोरिने गरेको छ। प्रहरीले कडाई गर्न छाडे पुनः यौनधन्दा मौलाउने हुँदा चेकजाँच भने रोकेको छैन् ।

प्रकाशित: १५ श्रावण २०७७ १६:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App