१० मंसिर २०८१ सोमबार
image/svg+xml

चिकित्सकले लाइसेन्स बुझाउने

चिकित्सकसँग भएको मौखिक सहमतिअनुरूप सरकारले कानुन संशोधन प्रक्रिया अघि नबढाएको भन्दै नेपाल चिकित्सक संघले आफ्ना सदस्य चिकित्सकको लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा एकमुष्ट बुझाउने तयारी गरेको छ।

बलपूर्वक बेपत्ताः जघन्य अपराध

आज अगस्ट ३० ‘बलपूर्वक बेपत्तापीडितको अन्तर्राष्ट्रिय दिवस’ हो । प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनका कारणबाट नेपालमा मनाइने कार्यक्रममा केही असर परे पनि योे दिवस विश्वभर मनाइँदैछ । सशस्त्र द्वन्द्वकालको लपेटाबाट नेपालमा १ हजारभन्दा बढी व्यक्ति अझपनि बेपत्ता छन् ।

ब्राउन सुगरसहित ५ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले १५.६ ग्राम लागूऔषध ब्राउन सुगरसहित पाँच जनालाई पक्राउ गरेको छ। मंगलबार बेलुका जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले सुब्बाकुना चेकपोष्टबाट उक्त परिणामको लागूऔषध ब्राउनसुगर बरामद गरेको हो।

निर्दोषलाई अपराध सकार्न ‘दबाब’

निर्मला पन्त हत्याका वास्तविक अपराधी जोगाउन प्रहरीले निर्दोषलाई समातेर अपराध सकार्न यातना दिएको आरोप लागेको छ । प्रहरीले निर्मलाको हत्या भएलगत्तै कञ्चनपुरका दीपक नेगी र कैलाली मोहन्यालका जीवन घर्तीमगरलाई पक्राउ गरेको थियो।

बालिका अपहरण गरेर लैजाँदै गर्दा पक्राउ

आफ्नै घरआँगन पनि असुरक्षित हुन्छ भनेर कसैले कल्पना पनि गर्न सक्दैनन्। तर, मोरङको उर्लाबारी नगरपालिका–६ राधिका मावि नजिककै सोमबार साँझ एक ४ वर्षीया बालिका आफ्नै आँगनमा खेल्दै गर्दा अपहरणमा परिन्। ‘साँझमा आफ्नै साथीहरूसँगै खेल्दै गर्दा अन्य साथी भाग्न सफल भए,’ पीडित बालिकाका पिता कमलकुमार घिमिरेले भने, ‘तिनै भागेका छोरीका साथीले घरमा आएर एक जना अंकलले कृतिकालाई बोकेर लाँदै हुनुहुन्छ भनेपछि हामी दौडिएर छोरी खोज्न गयौं।’

प्रेस स्वतन्त्रता हरणको त्रास

मुलुकी अपराध संहिता (२०७४) को कार्यान्वयनसँगै मुलुकका नागरिक एकपटक तरंगित भएका छन् । विभिन्न पेसा र व्यवसायका नागरिकलाई यसले आतंकित गरेको छ। यसको प्रतिकारमा एक नागरिक लगभग नाङ्गै सिंहदरबार अगाडि प्रकट भए।

‘आफन्त जोगाउन घटना मोडियो’

निर्मला पन्त पढ्न गएर बेपत्ता भएको रोशन बम र बबिता बमको घरबाट अनुसन्धान गर्नुपर्छ भनेर प्रहरीलाई कसैले भनिराख्नुपर्ने विषय होइन।

चाँडै निष्पक्ष छानबिन गरिनुपर्छ – कांग्रेस

निर्मला पन्त हत्या काण्डमा शून्यबाट निष्पक्ष छानबिन गरिनुपर्ने पूर्व मन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले बताएका छन्।

सुनसरीमा मानसिक सन्तुलन ठीक नभएकी महिला बलात्कृत

सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–६ मधेशा हलेसी चोक नजिक शनिबार राति एक महिला बलात्कृत भएकी छिन्।

‘दबाबमा अपराधी करार’

महेन्द्रनगरमा १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या घटनाका आरोपितलाई लुकाउन निर्दोषलाई फसाउन खोजिएको हुनसक्नेतर्फ पुनः प्रहरी अनुसन्धान मोडिएको छ।

यौन कौतूहलताका कारण अपराधमा फस्दै बालबालिका

बालबालिका स्वाभावले नै धेरै उत्सुक र चञ्चले हुन्छन्। उनीहरूमा सधैं नयाँनयाँ कुरा जान्ने धेरै नै कौतूहल हुने गर्छ।

‘प्रेसमा अंकुश’

छापा र अनलाइनका सम्पादकहरूले भदौ १ देखि लागू भएको अपराध संहितामा राखिएका केही प्रावधान प्रेस स्वतन्त्रताविरुद्ध भएको निष्कर्ष निकालेका छन्। नेपाल पत्रकार महासंघद्वारा आयोजित सम्पादक एवं महासंघका पूर्वअध्यक्षहरूसहितको छलफलमा अपराध संहिताका केही दफाले प्रेस स्वतन्त्रतामा अंकुश लगाएको निष्कर्ष निकालिएको हो।

'सरकारले देखायो लाचारी त्यसैले हाम्रो खबरदारी' भन्दै माइतीघरमा प्रदर्शन

सरकारले देखायो लाचारी त्यसैले हाम्रो खबरदारी भन्ने नारासहित निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ।

बलात्कारका अपराधीलाई कडा कारबाही होस: नेकपा

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले कञ्चनपुर घटनाका अपराधीलाई कडा कारबाही दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ।

निर्मला हत्याकाण्ड : प्रहरीमाथि पनि छानबिन माग

निर्मला पन्तलाई बलत्कार गरी हत्या गर्नेलाई बचाउन शंकास्पद भूमिका निर्वाह गरेको भन्दै प्रहरी उपरीक्षक डिल्ली बिष्टसहितका प्रहरीमाथि पनि छानबिन हुनुपर्ने माग पीडित पक्षले गरेको छ। निर्मला बेपत्ता भएकै दिन जानकारी गराएको तर प्रहरीले खोजी गर्न आनाकानी गरेको, उनी बेपत्ता भएको रोशनी बमको घरबाट अनुसन्धान सुरु गर्न नमानेको र विभिन्न झुटा विवरण जुटाएर निर्दोष व्यक्तिलाई दोषी करार गर्न खोजेकाले प्रहरीमाथि पनि छानबिन हुनुपर्ने माग पीडित एवं स्थानीयले राखेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्