१७ असार २०८१ सोमबार
image/svg+xml

प्रधानमन्त्रीकाे निर्देशन आइसक्यो,सुन प्रकरणको अनुसन्धान हामी गर्छौं: सिआइबी प्रमुख बज्राचार्य

राजस्व अनुसन्धान विभागले फाइल पठाउने बित्तिकै अनुसन्धान सुरु गर्ने एआइजी बज्राचार्यले जानकारी दिइन्।

उच्चस्तरीय समिति गठन गर्न सरकारलाई बाध्य पार्ने रणनीतिमा एमाले

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरी सरकारलाई समिति गठनका लागि कुनैपनि हालतमा बाध्य पार्ने बताउँछन्। ‘हामी उच्चस्तरीय समिति बनाउन सरकारलाई बाध्य पार्छौ’, उनले नागरिकन्यूजसँग भने।

फेसबुकबाट स्पष्टिकरण दिँदै महराले भने- 'सुन प्रकरणमा मेरो संलग्नता छैन'

नौ किलो सुन प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले उक्त प्रकरणमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन्।

सुन प्रकरणबारे एमालेले संसद्मा छानबिन समितिकाे प्रस्ताव गर्ने

सुन प्रकरणबारे संसद् अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यस प्रकरणको अध्ययन गर्न छानबिन समितिको प्रस्ताव गर्ने भएको छ।

सरकार अहिले पनि उच्चस्तरीय छानबिन समिति बनाउने पक्षमा छैन: महेश बर्तौला

नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकार अहिले पनि उच्चस्तरीय छानबिन समिति गठन गर्ने पक्षमा नरहेको बताएका छन्।

सुन प्रकरणको अनुसन्धान जरैसम्म पुगेर गरिन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री एवम् नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सुन प्रकरणलाई अन्तिम निष्कर्षमा पुर्‍याउने बताएका छन्।

एकसय किलो सुन प्रकरण : होटल भियनामा छापा

एक सय किलो सुन प्रकरण घटनाको अनुसन्धान गरिरहेको राजश्व अनुसन्धान विभागले ठमेलस्थित होटल भियनामा छापा मारेको छ।

सुन प्रकरणमा महरामाथि छानबिन गर्न एमालेको माग

उनले विमानस्थलबाट सुन भित्र्याउनका लागि माओवादी केन्द्रकै उपाध्यक्ष कृष्णबहादुर महराको बाउ छोराको संलग्नता रहेको आरोप लगाए।

सुन तस्करीबारे आधिकारिक धारणा बनाउन एमालेले बोलायो संसदीय दलको बैठक

केही दिन अघि त्रिभुवन विमानस्थलबाट अवैध रुपमा ल्याइएको करिब एक क्विन्टल सुन बाहिरिएको विषयमा पार्टीको आधिकारिक धारणा बनाउन संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक पदम गिरीले नागरिक न्यूजलाई बताए। बैठक १२ बजेका लागि बोलाइएको छ।

सुन प्रकरणमा थप दुई जना पक्राउ

सुन प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। राजश्व अनुसन्धान विभागको टोलीले थप दुई जनालाई पक्राउ गरेको हो।

सुन प्रकरणको अनुसन्धान स्वतन्त्र र निष्पक्ष हुन्छ: गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक क्वीन्टल सुन प्रकरणको अनुसन्धान स्वतन्त्र, निष्पक्ष र निष्कर्षमा पुग्ने गरी हुने बताएका छन ।

विमानस्थल सुन प्रकरणमा सुराकीले पाउन सक्छन् ५० लाख

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएको सुन प्रकरणमा सुराकी गर्नेले ५० लाख पाउने भएका छन्।

नौ किलो सुन प्रकरणमा महरालाई उन्मुक्ति !

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट सुन बेपत्ता पारिएको प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा जोडिए पनि प्रहरीले एकपटक बयानसमेत नलिई उनलाई उन्मुक्ति दिएको छ। विदेशबाट तस्करीका लागि करिब नौ किलो सुन ल्याउने मुख्य मान्छे फेला परेपछि मात्रै बयान लिने भन्दै प्रहरीले राहुललाई उन्मुक्ति दिएको हो।

३३ किलो सुन प्रकरण: गोरेसहित ६ जनालाई जन्मकैदको फैसला

अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाका अनुसार गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको फैसला सुनाइएको हो। उनीहरुले २० वर्ष जेल बस्नुपर्ने हुन्छ।

सेटिङमै हुसेनको जेलयात्रा, हुन्डीवाला अग्रवाल फरार

जेलबाहिर रहँदा भारतीय सुरक्षा अधिकारी र आपराधिक समूहबाट धम्की आएपछि नक्कली सुनकाण्डको योजना बनाई प्रहरीलाई सुराकी दिन लगाई हुेसेन पक्राउ परेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्