मुख्य दलका घोषणापत्रमा यस्ता छन् शिक्षाका विषय
सार्वजनिक भएका घोषणपत्रमा प्रादेशिक विश्वविद्यालय स्थापना, गुणस्तरीय शिक्षा, शिक्षा ऐनदेखि निःशुल्क तथा समान शिक्षा सम्मका विषयहरुको चर्चा गरेका छन्।
सार्वजनिक भएका घोषणपत्रमा प्रादेशिक विश्वविद्यालय स्थापना, गुणस्तरीय शिक्षा, शिक्षा ऐनदेखि निःशुल्क तथा समान शिक्षा सम्मका विषयहरुको चर्चा गरेका छन्।
‘ल्याब स्थापनासँगै खाद्य गुणस्तर मापनमा उत्कृष्ट कार्यसम्पादन गरेको छ।’ प्रमुख जिल्ला अधिकारी रिजालले भने, 'आम उपभोक्ताहरुलाई सचेतना फैलाउनुपर्ने, खाद्यवस्तुबारे बुझाउनुपर्छ।’ अनुगमनका क्रममा लेवल दुई तिन ठाउँमा डबल डेट भएको पाइएको कार्यालयले जनाएको छ।
आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा जिल्ला कारागार बाँकेबाट दुई बन्दीले अस्थायी मतदाताका रुपमा भोट हाल्न पाउने भएका छन्।
निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न चारवटै सुरक्षा निकायलाई एकीकृृत गरी परिचालन गर्नेगरी सुरक्षा विशेष योजना लागू गरिएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए।
आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अवधिभर यहाँ मदिरा बिक्री वितरण र सेवनमा रोक लगाइएको छ।
प्रतिनिधिसभाका लागि एकमात्र क्षेत्र रहेको बैतडीमा सत्ता गठबन्धन दल र नेकपा ९एमाले०बीच मुख्य प्रतिस्प्रर्धा हुने देखिएको छ। गठबन्धन दलबाट नेकपा (माओवादी केन्द्र) पोलिटब्यूरो सदस्य नरेन्द्रबहादुर कुँवरलाई साझा उम्मेदवार बनाइएको छ। यस्तै एमालेबाट उक्त पार्टीका प्रदेश अध्यक्ष दामोदर भण्डारी चुनावी मैदानमा रहेका छन्।
कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ४४ ओभर २ बलमा अलआउट हुँदै १ सय ८८ रन बनायो। लुम्बिनीका लागि कप्तान देव खनालले ७४ रनको अर्धशतकीय इनिङ खेले ।
विभिन्न प्रकारका झाँकीहरुसहित निस्किएको घरदैलो कार्यक्रममा स्वतःस्फूर्त रुपमा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो। उपस्थिति स्थानीयवासीले 'महेश आउ, भक्तपुर समृद्ध बनाउन', 'महेश बस्नेत जिन्दावाद, नेकपा एमाले जिन्दावाद', 'महेश बस्नेत हाई, हाई अरुलाई वाई वाई', 'भोट फर महेश बस्नेत', सूर्यमा भोट अरुलाई चोट, सूर्यमा भोट झ्याप झ्याप, आमाबुबा दाजुभाई भोट हालौं सूर्यलाई लगायतका नाराहरु लगाएका थिए।
त्यस्तै जिल्लामा आठ अन्य समूहका मतदाताको सङ्ख्या रहेको छ। जिल्लामा पुरुष मतदाताको तुलनामा महिला मतदाताको सङ्ख्या एक हजार दुई सय १५ बढी रहेको बताइएको छ।
निर्वाचन आयोगले गरेको निर्णय अनुसार ती केन्द्रमा साङ्केतिक भाषा सूची, त्यहाँ खटिने कर्मचारीलाई साङ्केतिक भाषा प्रयोगसम्बन्धी अभिमुखीकरण, मतदान गर्ने तरिकासम्बन्धी ब्रेल समाग्री, रङ्गीचङ्गी डोरी तथा पोल, र्याम्प निर्माण, ह्वीलचेयर प्रवेश गर्न सक्ने मतदान केन्द्र निर्माण, अपाङ्गता भएका व्यक्तिका लागि टेबुल तथा कुर्सीको व्यवस्था गरिनेछ।
आचारसंहिता बमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। सोका अतिरिक्त आयोगबाट केन्द्रस्तरको अनुगमन टोली खटिनेछन्।
बागलुङका किसानलाई भने धान बाली भित्र्याउने चटारो छ। वर्षा भयो भने धान नोक्सान हुने दिने डरले उनीहरु आकाश हेर्दै धमाधम धान भित्र्याउन थालेका छन्। उम्मेदवार तथा नेता कार्यकर्ता प्रचार सामग्री बोकेर खेतबारीमै पुगेर भोट मागी रहेका छन्।
नेपालीले सामाजिक सञ्जाललाइ त आफ्नो कुण्ठा पोख्ने र नकारात्मकता फैलाउने प्लेटफार्म बनाएकै थिए। अहिलेको उत्साहविहीन निर्वाचनले त्यसलाई थप मलजल प्रदान गरेको छ। मूलधारका दैनिक पत्रिकामा लेख्ने स्तम्भकार र बौद्धिक तथा विचारशील व्यक्तित्वहरूका विचार पनि यो निर्वाचन र यसको परिणामप्रति आशावादी देखिँदैनन्।
गृहमन्त्री खाँणले नेपालमा रहेका सबै राजनीतिक शक्तिहरु र सबै राजनीतिक दलसँग नेपाल सरकार संवाद, छलफल र वार्ता गर्न तयार रहेको भन्दै वार्ताको प्रक्रियाबाट विभिन्न राजनीतिक दलहरुले अघि सारेका मुद्दालाई सरकारले सम्बोधन गर्ने प्रतिबद्धता जनाए।
खेलाडीले खेलबाट विश्वमा नाम कमाँउदा जोडिने विषय देश नै हो। सँगै देशको परिचय राजनीतिसँग जोडिँदै आएको छ। किनकी राजनीतिक कोर्षले खेलकुदलाई कति सम्बोधन गर्छ र कति प्राथमिकता राखेर अगाडि बढाउन हौसाला दिन्छ भन्ने सबैको चासो रहन्छ। प्रजातान्त्रिक अभ्यासको पाटो निर्वाचनमा देश लागिरहेका बेला खेलकुदलाई कसरी सम्बोधन गरिँदै छ भनेर मूल्यांकन हुन थालेको छ।