१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दुध, तेल र पानीको शुद्धता हेर्न आग्रह

प्रगति विवरण सार्वजनिक कार्यक्रममा बोल्दै सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले दुध, तेल र पानीको शुद्धताका सवालमा विशेष प्राथमिकताका साथ अनुगमन गर्नुपर्ने बताएका छन्।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कर्णाली प्रदेश सुर्खेतले गरेको प्रथम त्रैमासिक प्रगति समिक्षा गोष्ठीमा रिजालले उपभोक्तासंग प्रत्यक्ष दिनहुँ जोडिएका खाद्यबस्तुहरु अनुगमन र परिक्षणमा पहिलो प्राथमिकता दिनुपर्ने बताएका हुन्।

प्रदेशभर तोकिएको जिम्मेवार पूरा गरी उत्पादन भएको खानेकुराहरुमा स्वच्छता गराउने काममा राम्रो प्रगति देखिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी रिजालले बताए। ‘ल्याब स्थापनासँगै खाद्य गुणस्तर मापनमा उत्कृष्ट कार्यसम्पादन गरेको छ।’ प्रमुख जिल्ला अधिकारी रिजालले भने, 'आम उपभोक्ताहरुलाई सचेतना फैलाउनुपर्ने, खाद्यवस्तुबारे बुझाउनुपर्छ।’ अनुगमनका क्रममा लेवल दुई तिन ठाउँमा डबल डेट भएको पाइएको कार्यालयले जनाएको छ।

‘सुधारका लागि बारम्बार भन्दा समेत अटेर गर्ने व्यवसायीहरु कारबाही गरेपछि मात्र सुधार गर्ने गरेको पाइएको छ।’ खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कर्णाली प्रदेश सुर्खेतका प्रमुख भेषबहादुर थापाले भने, 'जनशक्ति अभाव, सिमित साधन र न्यून बजेटले प्रदेशभर काम गर्न गाह्रो हुने गरेको छ। प्राविधिक जनशक्ति कम हुँदा-हुँदै पनि कार्यक्षेत्रभर अनुगमन भइरहेको छ।’

कार्यालयले नेपाल सरकारले तोकेअनुसार मापदण्डमा रहेर अनुगमन र खाद्य परिक्षण गर्ने गरेको छ। कर्णालीमै खाद्यवस्तुहरु परिक्षणका लागि प्रयोगशाला सुरु भएको जनाइएको छ। खानेकुराभित्र लेवल हाल्न नपाइने र हाले कारबाही हुनेछ। प्रदेशभर खानेकुराहरुको स्वच्छताका लागि कार्यालयले काम गरिरहेको जनाएको छ।

व्यवसायी पनि उपभोक्तालाई स्वस्थकर खानेकुरा प्रवाह गर्न जिम्मेवार हुनुपर्नेछ कार्यक्रममा सहभागीहरुले बताए। २०४३ सालमा स्थापना भएको खाद्य प्रविधि तथा गण नियन्त्रण डिभिजन कार्यालय जुम्लाले ३ जिल्ला हेर्दै आएको छ। जुम्लाले आफूले तीन महिनामा गरेको प्रगति विवरण प्रस्तुत गरेको थियो।

प्रकाशित: १७ कार्तिक २०७९ ११:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App