coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

निर्वाचनले देशको राजनीति र विकासमा नयाँ मार्ग पहिल्याउँछः गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले आगामी निर्वाचनले देशको राजनीति र विकासमा नयाँ मार्ग पहिल्याउने विश्वास व्यक्त गरेका छन्।

बुधबार बुटवलमा आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री खाँणले निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र स्वच्छतापूर्वक सम्पन्न गर्नका लागि नेपाल सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे। उनले भयरहीत वातावरणमा आफूले रोजेको मतदातालाई भोट हाल्न पनि आग्रह गरे।

गृहमन्त्री खाँणले नेपालमा रहेका सबै राजनीतिक शक्तिहरु र सबै राजनीतिक दलसँग नेपाल सरकार संवाद, छलफल र वार्ता गर्न तयार रहेको भन्दै वार्ताको प्रक्रियाबाट विभिन्न राजनीतिक दलहरुले अघि सारेका मुद्दालाई सरकारले सम्बोधन गर्ने प्रतिबद्धता जनाए।

उनले जनतालाई सबल गराउने, जनताको समस्याहरुलाई सम्बोधन गर्ने, नेपाली जनतालाई समृद्ध र उन्नतीको दिशामा अग्रसर गराउने दायित्व सबै नेपालीहरुको साझा दायित्व भएको पनि बताए। गृहमन्त्री खाँणले जनताको दायित्व पूरा गर्ने कुरामा राष्ट्रिय राजनीतिको मुल धारमा समाहित नभएका दलहरु पनि एक ठाउँमा उभिनुपर्ने बताए।

उनले राजनीतिको मुल धारमा समाहित नभएका दलहरुका कतिपय माग सम्बोधन गर्न राजनीतिक र प्रशासनिक रुपमा संशोधन कार्यको थालनी भइसकेको भन्दै मागहरु छिटो पूरा गर्ने कुरामा सरकार प्रतिबद्ध रहेको बताए। गृहमन्त्री खाँणले निर्वाचन संविधानको सुन्दर पक्ष भएको उल्लेख गर्दै संविधानले नै नेपाली जनतामा सर्वोच्चता स्थापित गरेको बताए।

प्रकाशित: १६ कार्तिक २०७९ १०:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App