पाथीभरा केवलकार खारेजीको माग गर्दै शुक्रवार ताप्लेजुङमा प्रर्दशन गरिएको छ । केवलकार खारेजी संयुक्त संघर्ष समितिको अगुवाई र आवद्ध घटक संस्थाको संलग्नतामा प्रर्दशन र कोणसभा आयोजना गरिएको संयुक्त समिति संघर्ष समितिका अध्यक्ष खगेन्द्र फेम्बु लिम्बूले जानकारी दिए ।
तोक्मेस्थित फाल्गुनन्द चौकबाट सुरु भएको प्रर्दशन दोबाटो–पुरानो कोप्चे–वीरेन्द्रचौक–पुरानो बैंक लाइन हुँदै फेरि फाल्गुनन्द चौकमै आएर कोणसभामा परिणत भएको थियो । सभामा किराँत धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिम,संयुक्त संघर्ष समिति अध्यक्ष फेम्बु लिम्बू सहितका व्यक्तित्वहरुले केवलकार खारेजी आन्दोनरत पक्षको एकमात्र बटमलाइन भएको बताएका थिए ।
पाथीभरामा बनाईदैं आएको केवलकार निर्माण खारेजीको माग गर्दै गत पुस १८ गते पत्रकारसम्मेलनमार्फत‘नो केवलकार’पक्षले आन्दोलनको घोषणा गरेको थियो । माघ १२ गते पूर्वी नेपालका मुख्य बजारहरुमा कोणसभा समेत गरेको ‘नो केवलकार’पक्षले १७ गते ‘नो केवलकार’ आन्दोलनका क्रममा घाइते भएकालाई सम्मान गर्ने,१८ गते पाथीभराको कान्छीथानदेखि मन्दिरसम्म धागो टाङ्ने कार्यक्रम घोषणा गरेका छन् ।
१९ गते पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा प्रर्दशन र कोणसभा गर्ने र २० गतेदेखि माघ मसान्तसम्म पाथीभरा केवलकार र पाथीभरा क्षेत्र विकास समिति गठन आदेश खारेजी, मुक्कुमलुङ संरक्षणका क्रममा भएको आन्दोलनमा लगाईएका मुद्दा खारेजीसहितका विषयलाई निर्वाचनको एजेण्डा बनाएर गाउँबस्तिमा अभियान चलाउने सहितका आन्दोलनका कार्यक्रम पुस १८ गते नै घोषणा भएका हुन् ।
प्रकाशित: १६ माघ २०८२ १६:०८ शुक्रबार





