श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले खाडी क्षेत्रमा बढ्दो द्वन्द्व र बमबारीप्रति चिन्ता व्यक्त गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, 'खाडी मुलुकहरूमा भइरहेको बमबारी र आगजनीमा परेर कसैको ज्यान नजाओस्। घरको दुःखले परदेशमा काम गरिरहेकाहरूको त झन् जीवन सुरक्षित रहोस्।'
विदेशमा रोजगारीका लागि गएका नेपाली कामदारहरूको सुरक्षालाई ध्यान दिन सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्ने भन्दै उनले सबै नेपालीको सकुशलताको कामना गरेका छन्।
प्रकाशित: १७ फाल्गुन २०८२ ०८:२५ आइतबार





