५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

प्रचण्ड झुट बोले, लिच्चड कुराको विश्वास नगर्नुस्: विप्लव

नेकपा(माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ झुट बोलेको आरोप लगाएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक ध्रुवीकरण कार्यक्रममा बोल्दै विप्लवले आफूले एकता नचाहेको भन्ने कुरा प्रचण्डले झुट बोलेको आरोप लगाएका हुन्। 

‘विप्लव एकतामा आएन भन्ने हल्ला झुटा हो । प्रचण्डले आह्वान गएको एकता र ध्रुवीकरण क्रान्तिकारी मर्म र भावनाबाट भागेको हो,’ विप्लवले भने,‘त्यो पार्टी पार्टी जस्तो छैन। मोर्चा जत्तिको पनि छैन।’ 

२५ सयदेखि तीन हजार केन्द्रीय सदस्य बनाएर प्रचण्डले कम्युनिस्ट पार्टीको हुर्मत लिएको पनि विप्लवले बताए। ‘त्यो कम्युनिस्ट पार्टीको बेइज्जत हो र बदनाम गर्ने कुरा हो,’ उनले भने। मान्छे धेरै भएर कम्युनिस्ट पार्टी ठिक नहुने पनि उनले बताए। उनले अगाडि भने, ‘लोभ–लालच देखाएर घुइँचो लगाएर जनता मान्ने पक्षमा छन् ?’ आफ्नै इतिहासमा टिक्न नसक्दा प्रचण्डको पार्टीभित्र कुरूप चित्र देखिएको पनि विप्लवले टिप्पणी गरे। 

आफू पार्टी एकताकै पक्षमा रहे पनि प्रचण्डजस्तो लिच्चड कुराको विश्वास गर्न नसकिने उनले बताए। 

प्रकाशित: १६ माघ २०८२ १६:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App