१२ असार २०८१ बुधबार
image/svg+xml

प्रहरीकै अगाडि हतियार फ्याँक्ने अझै फरार

प्रहरीकै अगाडि हातहतियार फ्याँकेर भाग्ने व्यक्तिलाई पक्राउ गर्न प्रहरी असफल भएको छ । सवारी जाँच गर्ने क्रममा काठमाडौंको कमलादीमा आज बा ६ च ५५१९ नम्बरको स्कारपियो गाडी रोक्न खोज्दा नरोकी गति बढाएपछि प्रहरीले गाडीको पिछा गरेको थियो । त्यसपछि बाटोमै कपडाको झोला फ्याँकेर गाडी भाग्यो । त्यो गाडी कहाँ गयो भन्ने कुरा प्रहरीले साँझसम्म पत्ता लगाउन सकेको छैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्