१७ वैशाख २०८१ सोमबार
image/svg+xml

माइपोखरीमा त्रि-धार्मिक महोत्सव

सदरमुकामबाट करिब १३ किलोमिटरमा रहेको माइपोखरीमा २०७० सालमा त्रि–धार्मिक उत्सव सुरु गरिएको थियो। माइपोखरीमा कुनै ‘अनिष्ट’ भए पानी सुक्ने जनविश्वासमा स्थानीयले विभिन्न धार्मिक कार्यक्रम आयोजना गर्ने गरेका छन् ।

दलका नेताप्रति घट्दै जनविश्वास

पछिल्लो समय आम नागरिकमा राजनीतिक नेतृत्व तथा सार्वजनिक पद धारण गरेका व्यक्तिहरूप्रति वितृष्णामात्र होइन, विश्वास पनि हराउन थालेको छ। सेयर कास्ट इनिसिएटिभ नेपालले हालै गरेको एक सर्वेक्षणले देशको बागडोर सम्हालिरहेका प्रधानमन्त्री तथा राजनीतिक दलका नेताप्रति जनताको अविश्वासलाई देखाएको छ।

जनविश्वास गुमाउँदै सरकार

स्थिर सरकार र आर्थिक समृद्धिको नारासहित तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र (हालको नेपाल कम्युनिस्ट पार्टी–नेकपा) को गठबन्धनले २०७४ को आमनिर्वाचनमा मत माग्यो। उक्त गठबन्धनले सरकार गठन र विघटनको गोलचक्र अन्त्य गरेर मुलुकलाई समृद्ध बनाउने प्रतिबद्धता जनायो। सरकार गठन र विघटनबाट आजित जनताले गबन्धनलाई विश्वास गरे। आर्थिक विकासको तीव्र चाहना पूरा हुने आशासहित केन्द्रमा झन्डै दुई तिहाइ जनमत दिए। संघमा मात्र होइन, ६ वटा प्रदेशमा एकल सरकार र चार सयभन्दा बढी स्थानीय तह नेतृत्व उनीहरूलाई नै सुम्पिए।

सरकारले जनविश्वास गुमायो

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली नेतृत्वको सरकारले जनताको विश्वास गुमाउँदै गएको बताएका छन्। नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको स्मृति दिवसको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा नेता सिंहले सरकार अनियमिता र भ्रष्टाचारको चंगुलमा फस्दै गएकाले जनविश्वास गुमाएको दाबी गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्