coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

दलका नेताप्रति घट्दै जनविश्वास

पछिल्लो समय आम नागरिकमा राजनीतिक नेतृत्व तथा सार्वजनिक पद धारण गरेका व्यक्तिहरूप्रति वितृष्णामात्र होइन, विश्वास पनि हराउन थालेको छ। सेयर कास्ट इनिसिएटिभ नेपालले हालै गरेको एक सर्वेक्षणले देशको बागडोर सम्हालिरहेका प्रधानमन्त्री तथा राजनीतिक दलका नेताप्रति जनताको अविश्वासलाई देखाएको छ।

सर्वेक्षणमा संलग्न ११ दशमलब ३ प्रतिशतले मात्र प्रधानमन्त्रीप्रति विश्वास रहेको मत जाहेर गरेका छन्। ४६ दशमलब ९ प्रतिशत सहभागीले प्रधानमन्त्रीप्रति विश्वास नभएको मत जाहेर गरेका छन्। त्यस्तै ६० दशमलब पाँच प्रतिशतले राजनीतिक दलका नेताप्रति विश्वास नभएको बताएका छन्। राजनीतिक दलप्रति विश्वास गर्नेको मत ६ प्रतिशतमात्र  देखिएको छ।

संघ तथा प्रदेशका मन्त्रीहरूप्रति पनि निकै कम विश्वास देखिएको छ। सहभागीमध्ये पाँच दशमलब ९ प्रतिशतले मात्र उनीहरूप्रति विश्वास रहेको मत जाहेर गरेका छन्। ४५ दशमलब ७ प्रतिशतले विश्वास नै नरहेको मत जाहेर गरेका छन्। प्रदेशका मुख्य मन्त्री र सांसदप्रति पनि जनताको विश्वास नरहेको सर्वेक्षणले देखाएको छ। सर्वेक्षणमा सहभागी ६ दशमलब ७ प्रतिशतले प्रदेश मुख्यमन्त्री र ६ दशमलब ४ प्रतिशतले मात्र सांसदलाई विश्वास गर्ने मत दिएका छन्।  

मुख्यमन्त्रीप्रति विश्वास छैन भन्ने ४६ दशमलव ३ प्रतिशत छन् भने सांसदमाथि विश्वास छैन भन्ने ४६ दशमलब १ प्रतिशत छन्। गाउँपालिकाका मेयर र उपमेयरलाई विश्वास गर्ने सहभागीको हिस्सा १७ दशमलब ६ प्रतिशत रहेको छ भने विश्वास नै लाग्दैन भन्ने सहभागी ३४ दशमलब तीन प्रतिशत छन्। उनीहरूलाई अलिअलि विश्वास गर्छौं भन्नेको हिस्सा भने ४४ दशमलब दुई प्रतिशत रहेको छ। 

निर्वाचित वडाध्यक्षलाई विश्वास गर्छौं भन्नेको हिस्सा २५ दशमलब ९ प्रतिशत छ भने ३१ दशमलब ७ प्रतिशतले विश्वास नभएको मत जाहेर गरेका छन्। अलिअलि विश्वास गर्छौं भन्ने ४१ प्रतिशत देखिए। सर्वेक्षणमा सहभागीमध्ये २७ दशमलब ५ प्रतिशतले न्यायाधीश र वकिलप्रति विश्वास भएको बताएका छन् भने २१ दशमलब ५ प्रतिशतले विश्वास नरहेको मत जाहेर गरेका छन्। ३७ दशमलब ८ प्रतिशतले उनीहरूमाथि अलिअलि विश्वास रहेको मत जाहेर गरेका छन्। त्यस्तै पत्रकारप्रति विश्वास छ भन्ने मत ३२ दशमलब तीन प्रतिशत पाइएको छ। १३ दशमलब ६ प्रतिशतले पत्रकारप्रति विश्वास नरहेको बताएका छन् भने ५० दशमलब ५ प्रतिशतले अलिअलि विश्वास रहेको मत जाहेर गरेका छन्।

प्रकाशित: १४ चैत्र २०७७ ००:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App