२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

सरकारले जनविश्वास गुमायो

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली नेतृत्वको सरकारले जनताको विश्वास गुमाउँदै गएको बताएका छन्। नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको स्मृति दिवसको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा नेता सिंहले सरकार अनियमिता र भ्रष्टाचारको चंगुलमा फस्दै गएकाले जनविश्वास गुमाएको दाबी गरेका हुन्।

प्रधानमन्त्रीले भ्रष्टाचार हुन दिन्न भने पनि सरकारकै कारण दिनदिनै ठुल्ठूला भ्रष्टाचारका घटना बाहिर आइरहेको सुनाउँदै नेता सिंहले भने, ‘सरकारप्रति नागरिकको विश्वास गुम्दै जानु मुलुक, लोकतन्त्र र स्वयं राजनीतिक दलका लागि सोचनीय विषय हो।’

जनसरोकारका विषयले संधैखबरदारी गर्दै आएको बताउँदै उनले भने, ‘जनअपेक्षा अनुरूप हामीले आफ्नो भूमिका प्रभावकारी बनाउन सकेनौ होला तर केही गरेका छैनौ भन्ने होइन।’

प्रकाशित: ११ भाद्र २०७६ ०२:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App