खोटाङमा मतपेटिका सकंलन पूरा
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भएकाे निर्वाचनकाे मतपेटिका खोटाङमा सकंलन पूरा भएकाे छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भएकाे निर्वाचनकाे मतपेटिका खोटाङमा सकंलन पूरा भएकाे छ।
निर्वाचन अधिकृत सम्झना खनालका अनुसार हालसम्म जम्मा १४ हजार २१० मत गणना गरिएको छ भने ४०० मत बदर भएका छन्।
मोरङ क्षेत्र नं ३ मा श्रम संस्कृति पार्टीका अमिर मगरले सुरुवाति अग्रता लिएका छन्।
कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर-३ मा नेपाली कांग्रेसका अभिषेकप्रताप शाहले अग्रता लिएका छन्।
बारा क्षेत्र नम्बर ३ मा रास्वपाका उम्मेदवार अरविन्द साहले फराकिलो अग्रता कायमै राखेका छन्।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुर्खेत जिल्लाको क्षेत्र नम्बर १ मा मतगणना सुरु भएको छ।
चितवन–१ मा नेकपा एमालेका उम्मेदवार दावा दोर्जे लामाले सुरुवाती अग्रता लिएका छ्न्।
१ बजेतिरबाट मात्रै मतगणना हुने कुरा मुख्य निर्वाचन अधिकृत हरिप्रसाद कोइरालाले बताएका छन्।
दाङ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता कायमै राखेको छ।
सुदूरपश्चिम प्रदेशका ४ निर्वाचन क्षेत्रमा मतदान सुरु भएको छ। कंचनपुरका ३ वटै निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ।
ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका सङ्कलन भइसकेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न स्थानमा अग्रता कायम गरेको छ ।
चितवन क्षेत्र नम्बर–३ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतमले अग्रता कायमै गरेकी छिन्।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा ललितपुर जिल्लाको क्षेत्र नम्बर १ मा प्रारम्भिक मतगणनामा उदयशम्शेर राणाले अग्रता लिएका छन्।
जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार भक्तपुर निर्वाचन क्षेत्र नं. १ र २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ।