प्रतिनिधि सभा सदस्य निर्वाचनको काठमाडौं क्षेत्र नम्बर ८ मा मतगणना जारी रहेको छ। निर्वाचन अधिकृत सम्झना खनालका अनुसार हालसम्म जम्मा १४ हजार २१० मत गणना गरिएको छ भने ४०० मत बदर भएका छन्।
प्रारम्भिक परिणामअनुसार रास्वपाले ९ हजार ३२० मत प्राप्त गर्दै अग्रस्थानमा रहेको छ। त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीले १ हजार २३४ मत प्राप्त गरेको छ भने नेपाली काग्रेसले १ हजार ७७ मत प्राप्त गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले (राप्रपा) ले भने ७६१ मत प्राप्त गर्दा नेकपा एमालेले ६७४ मत पाएको छ भने उज्योलो पार्टी नेपालले ३९२ मत प्राप्त गरेको छ ।
प्रकाशित: २२ फाल्गुन २०८२ ०९:३७ शुक्रबार





