१२ आश्विन २०८१ शनिबार
image/svg+xml

बर्खा सकियो तर सडक मर्मत भएन

जिल्लाको शुभकालिका गाउँपालिका जोड्ने सडक गत जेठवाट सञ्चालनमा आएको छैन। स्थानीय चुनावका बेला जसोतसो राजनीतिक दलले आफैं मर्मत गरेर चुनाव प्रचार सम्म गरे। तर चुनावको परिणाम आए यता सडकमा गाडी चलेका छैनन्।

सरकारले चाडपर्व लक्षित गरेर सडक मर्मतसम्भार गर्ने

दसैँ, तिहार छठलगायत चाडपर्वको अवसरमा यात्रुको आवतजावतको चापलाई मध्यनजर गर्दै बिग्रिएका सडक तथा राजमार्गलाई यथाशीघ्र मर्मतसम्भार गर्न सडक विभागलाई निर्देशन दिने निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले जानकारी दिए।

भक्तबहादुरको जीवन: साइकल मर्मतमै ३७ वर्ष

मोरङको सुन्दरहरैँचास्थित विराटचोकका भक्तबहादुर घिमिरे विगत ३७ वर्षदेखि साइकल बनाउने व्यवसायमा सक्रिय छन्।

चार वर्षमा दुई सय १८ किमी सडक कालोपत्र

प्रदेश सरकार स्थापनाको चार वर्षमा आर्थिक वर्ष २०७५÷७६ मा २६ दशमलव १८ किमी, २०७६/७७ मा ५२ दशमलव २१ किमी, २०७७/७८ मा ४० दशमलव ६१ किलोमिटर र आव २०७८/७९ मा ९८ दशमलव ७२ किलोमिटर कालोपत्र निर्माण सम्पन्न भएको हो।

सडक बिग्रिएपछि पुनःमर्मत

मान्म बजारको सडकमा छ वर्षअघि गरेको आरसीसी ढलान नटिकेपछि फेरि त्यहीँ खाल्डा परेको सडकमा आरसीसी ढलानको कामसुरु गरिएको निवर्तमान अध्यक्ष लक्ष्मण बहादुर बमले बताए।

मर्मतसम्भारका लागि अन्नपूर्ण केवलकार एकसाता बन्द

नियमित मर्मतसम्भारका लागि यहाँ संचालित अन्नपूर्ण केवलकार एकसातासम्म बन्द हुने भएको छ। असार ३१ देखि साउन ६ गतेसम्म केवलकार बन्द हुने कम्पनिले बताएको छ।

टाटा मोटर्स केयर प्लस योजना

टाटा मोटर्स नेपालले सिप्रदी ट्रेडिङ प्रालिसँग संयुक्त रूपमा नेपालमा वार्षिक मर्मत सेवा प्याकेज टाटा मोटर्स केयर प्लस ल्याएको छ।

सडकबत्ती मर्मत नहुँदा अँध्यारिँदो नगर

नेपालगन्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा सोलार मर्मत गर्ने भन्दै १५ लाख रूपैयाँ विनियोजन गरेको छ।

हावाबाट बिजुली निकाल्ने प्रविधि मर्मतसम्भारको अभावमा अलपत्र

जिल्लाको एक विकट गाउँमा विद्युत्को माग पूरा गर्नका लागि करोडौँको लागतमा बनाइएको वायु ऊर्जा १५ वर्षदेखि अलपत्र बनेको छ।

विपद्लाई अवसरमा बदल्ने मौका

भूकम्पपछि नेपालको पूर्वाधार क्षेत्रमा भने अवसर नै अवसर सिर्जना गर्‍यो। पूर्वाधार निर्माणको सरसमान उत्पादन गर्दै आइरहेका सिमेन्ट, छड, जस्तापाताको माग ह्वात्तै चुलियो।

कोतगढीमा मनपरी काम हुँदा पुरातत्व विभागले काम रोक्यो

दैलेख सदरमुकाममा रहेको कोतगढी मर्मतसंम्भारमा नारायण नगरपालिकाले मनपरि तरिकाले बनाउन थालेको भन्दै पुरातत्व विभाग तत्काल काम रोक्न निर्देशन दिएको छ। नारायण नगरपालिकाले गरेको डिपिआर नै एतिहासिक मेटाउने भएको भन्दै विभागले कुनै पनि काम नगर्न निर्देशन दिएको हो।

मनकामना केबलकार चार दिन बन्द

मनकामना केबलकार सेवा चार दिन बन्द हुने भएको छ। नियमित मर्मतसम्भारका लागि चार दिन सेवा बन्द गरिन लागेको हो।

क्रिकेट मैदानको दुर्दशा

खेलाडीको एउटै मात्र गुनासो छ, ‘क्रिकेट मैदानमा कहिले खेल्न पाउँछौ।’ यसको ठोस उत्तर कास्की जिल्ला क्रिेकट संघसँग छैन। मैदान र पिच मर्मतको खाँचो छ। राष्ट्रिय खेलकुद परिषद्ले २५ लाख रूपैयाँ पठाइदियो। तारजाली लगाई मैदान संरक्षण गरियो।

दुईसय जना पदयात्रा मजदुरलाई १० दिन काम

विदेशी पाहुना बिना पदयात्रा व्यवसाय चल्दैन। पदयात्रा व्यवसाय नचल्दा त्यसमा आश्रित मजदुर कामविहीन भएका थिए। कामविहीन भएका ती मजदुर पलायनको अवस्थामा छन्। घरखर्चको जोहो गर्न समेत उनीहरुलाई हम्मेहम्मे भएको छ। कामविहीन भएका उनै मजदुरलाई काममा लगाएर थोरै भएपनि आर्थिक सहयोग गराउने उद्देश्यले अहिले विभिन्न पदमार्गमा काममा खटाइएको छ।

मेलम्चीको पानी वितरणमा भएका चुहावट मर्मत गरिँदै

अहिले पुरानो प्रणालीमार्फत पानी वितरण भइरहेकाले विभिन्न स्थानमा चुहावट देखिरहेको लिमिटेडका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले बताए। उनका अनुसार मर्मतका लागि सडक विभाग र महानगरपालिकाले चाँडो स्वीकृति दिँदा समस्या तत्काल समाधान गर्न सकिनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्